Wednesday, September 22

फेरी पीडित राउटे युवतीलाई सदरमुकाममा लिएर स्वास्थ्य परीक्षण गर्दै, अब के होला ? (भिडियो हेर्नुस्)

June 11, 2021 310

Sapana Sanjal : काठमाडौ । राउटे समुदायका दुई युवती माथि भएको घटना पछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले बाह्य व्यक्तिहरुलाई राउटे समुदायमा जान रोक लगाएको छ । तर पनि प्रहरीको आँखा छलेर राउटे बस्तीमा केही वाहिरका मानिस जाने क्रम भने देखिएको छ । एउटा युट्युव च्यानलका संचारकर्मी राउटे वस्तीमा पुगेर घटनाको बारेमा पनि कुरा गरेको देखिन्छ ।

राउटे समुदायका युवतीहरुमाथि भएको घटना बाहिरिएपछि उनीहरुको सुरक्षा प्रदान गर्ने उद्देश्यले स्थानीय प्रशासनले राउटे वस्तीमा अन्य व्यक्तिहरुलाई जान रोक लगाएको हो । तर पनि वाहिरका ब्यक्ति उनीहरुको सम्पर्कमा जाने प्रयास भने जारी राखेको देखिन्छ । भिडियोमा युवतीहरु माथि भएको घटना सार्वजनिक भएपछि उनीहरुका बारेमा थप चासो बढेको छ ।

युट्युवर र भिडियो बनाउनेहरुको चासो झन बढेको हो । उनीहरु राउटे समुदायको सम्पर्कमा जाने प्रयास गरिरहेको देखिन्छ । प्रमुख जिल्ला अघिकारी छविलाल रिजालले राउटे समुदायका युवतीहरुमा भएको घटनापछि उनीहरुको सुरक्षाका लागि अन्य व्यक्तिलाई उक्त बस्तिमा जान रोक लगाएको उनले बताए । राउटे बस्तीमा बाहिरको व्यक्तिलाई जान नदिने र राउटे समुदायका युवायुवतीहरुलाई पनि जथाभावी हिड्न नदिने गरी सुरक्षाकर्मी समेत खटाइएको उनले जानकारी दिए ।

उनीहरुलाई निगरानी गर्नको लागि २२ जना प्रहरी खटाइएको उनले बताए । पछिल्लो केही समयदेखि राउटेहरु सुर्खेतको गुर्भाकोट नगरपालिका–११, आँपसोतीको भेरी नदी किनारमा बस्दै आएका छन्। सोमबार विहानदेखि नै उक्त समुदायमा अन्य व्यक्तिहरुलाई प्रवेश गर्न रोक लगाएको रिजालले जानकारी दिए ।

राउटेहरुको आफ्नै नियम कानुन हुने र त्यो निकै कडा हुने भएकाले युवतीहरुको ज्यान जोखिममा परेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको थियो । यस अघि पनि ति युवतीहरु नजर बन्दमा परिसकेका कारण उनीहरुको ज्यान थप जोखिममा देखिएको थियो ।

Comment