Friday, October 15

उपत्यकामा जेठ ३१ पछि पनि निषेधाज्ञा थपिने

June 11, 2021 155

Sapana Sanjal : काठमाडौ ।

महामारी नियन्त्रणका लागि लागू गरिएको काठमाडौं उपत्यकाको निषेधाज्ञा सकिन अब केही दिन मात्र बाँकी छ । अवधि सकिनै लाग्दा फेरी उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु छलफलमा जुटेका छन् । निषेधाज्ञाको अवधि जेठ ३१ पछि सकिदै छ । तर सिडिओहरु त्यस पछि पनि लम्ब्याउने योजनामा रहेकोे बुझिएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले यस विषयमा तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीबीच छलफल भइरहेको पुष्टि गरेका छन् । महामारीको चेन ब्रेकका लागि थप निषेधाज्ञा जारी राख्ने र स्वास्थ्यको मापदण्ड अपनाउँदै केही सेवा भने खुकुलो बनाउने बताइएको छ ।  प्रजिअ पराजुलीले त्यसका लागि होमवर्क थालिएको बताए ।

उनका अनुसार अवस्था विचार गरेर जेठ ३१ पछि के गर्ने भन्ने विषयमा निर्णय गरिनेछ । तर संक्रमणको अवस्था अझै सामान्य भइनसकेकाले निषेधाज्ञा लम्बिने नै संकेत उनले गरेका छन्।

कोरोना महामारीको दोस्रो लहर सुरु भएयता वैशाख १६ बाट लागू निषेधाज्ञाको अवधि पटकपटक थपेर यो जेठ मसान्त ९३१ गते० सम्म पुर्‍याइएको हो।

Comment