Friday, September 17

दीपक मनाङेका भाइ कोर्तो यस्तो घटनामा पक्राउ

June 10, 2021 137

Sapana Sanjal : काठमाडौँ । गण्डकी प्रदेशका खेलकुदमन्त्री दीपक मनाङे उर्फ राजीव गुरुङका भाई कोर्तो गुरुङ पक्राउ परेका छन् । उनी एक ग म्भि र घटनामा पक्राउ परेका हुन् । कोर्ते यतिबेला प्रहरी हिरासतमा छन् ।

कुनै समयमा गु ण्डा नाइके भनेर चिनिएका राजीव अहिले मन्त्री छन् उनका भाई कोर्तो पक्राउ परेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर ललितलपुरका अनुसार उनलाई गत जेठ १६ गते ला गु औुष धसहित पक्राउ गरिएको छ ।

उनीसँगै आफूलाई जावलाखेल भलिबल क्लबका म्यानेजर बताउने अनुप श्रेष्ठ र अमृता खड्का पनि पक्राउ परेका थिए । परिसर प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार कोर्तो एक ग्रामकै १२ देखि १४ हजार वा सो भन्दा बढीमा कारोबार हुने ४१ ग्राम आ इुस नामक ला गु औुष धसहित पक्राउ परेका हुन् । अहिले प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो अर्को समाचार, रौतहटमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवैध रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । अवैध रुपमा ल्याउँदै गरेको ३० लाख ७६ हजार रुपैयाँसहित दुई जना परोहा नगरपालिका–९, रामपुरखापबाट आज बिहान पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा भारत मोतिहारी घोडासनका २२ वर्षीय बन्टीकुमार कलवार र सोही ठाउँका २० वर्षीय सुरज कलवार रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ आर ४५२१ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त रकम फेला परेको प्रहरीले बताएको छ ।

Comment