Wednesday, September 22

कुनै पनि गल्ती मान्छेले दुइ पटक गर्न सक्दैन र यदि गर्छ भने त्यो उसको गल्ती होइन उसको इच्छा हो भनेर बुझ्नु – प्रेरक भनाईहरु

June 10, 2021 212

Sapana Sanjal : कुनै पनि गल्ती मान्छेले दुइ पटक गर्न सक्दैन र यदि गर्छ भने त्यो उसको गल्ती होइन उसको इच्छा हो भनेर बुझ्नु – प्रेरक भनाईहरु । पूरा पढ्नुहाेस् र राम्राे लागेमा सेयर गरि दिनुहाेला ।

१) जीवनमा त्यो मान्छेलाई माया गर्नु जसले तिम्रो यी तिन कुराहरुलाई बुझ्ने गर्छ । एक तिम्रो मुस्कान भित्र लुकेको पीडालाई, दुइ तिम्रो रिस भित्र लुकेको मायालाई र तिन तिम्रो विवशता भित्र लुकेको कारणलाई । २) हरेक मान्छे बिक्छ यहाँ, को कतिमा बिक्छ यो उसको बाध्यताले तय गर्दछ ।

३) मानिसले ति दुइ व्यक्तिसंग कहिल्यै झुट बोल्न सक्दैन, पहिलो जो उसलाई असाध्यै प्रेम गर्छ अनि दोस्रो जसलाई उसले चाडै नै गुमाउदै छ । ४) हातको रेखालाई हेरेर भाग्यमा बिश्वास नगर्नुस किनकि भाग्य त हात नहुनेहरूको पनि हुने गर्दछ ।

५) आफ्नो अभिमानलाई कहिल्यै पनि उठ्न नदेउ र आफ्नो स्वाभिमानलाई कहिल्यै पनि गिर्न नदेउ किनकि तिम्रो अभिमानले उठ्न दिदैन र तिम्रो स्वाभिमानले तिमीलाई गिर्न दिदैन । ६) यो दुनिया पनि कति स्वार्थि, म-रेपछि जसले ज-लाउछ, उसैलाई आफ्नो भन्न बाध्य पारिदिन्छ ।

७) अनुमान गलत हुन सक्छ तर अनुभव कहिले पनि गलत हुन सक्दैन किनकि अनुमान हाम्रो मनको कल्पना हो र अनुभव हाम्रो जीवनको सिख हाे । ८) तपाई हिजो जतिनै नराम्रो भएपनी आज फेरी नयाँ सुरुवात गर्न सकिन्छ, जसरी हरेक रात पछी एउटा नयाँ बिहानीको सुरुवात हुन्छ ।

९) एक मिनेटमा जीवन बदलिदैन तर एक मिनेटमा लिएको निर्णयले तिम्रो पुरै जीवन बदलिन सक्छ, त्यसैले कुनै पनि निर्णय हतारमा नलिनु । १०) पैसाले सधै एउटा भाषा बोल्ने गर्छ, आज तिमीले मलाई बचायौ भने भोली म तिमीलाई बचाउने छु ।

११) वास्तवमा मान्छेले गल्ति गरेर दुनिया बाट बच्न खोज्छ तर बिचरा मान्छेलाई यो नै थाहा हुदैन कि सजाय दुनियाले होइन समयले दिने गर्छ । १२) जिन्दगीमा राम्रो मान्छेको खोजी नगर्नु, बरु तपाई आफै राम्रो बन्ने कोशिस गर्नु, सायद तपईलाई पाएर कसैको खोज पो पुरा हुन्छ कि ।

तपाईहरुलाई यी भनाईहरु कस्ताे लाग्याे प्रतिकि्या दिन नभुल्नुहाेला र यदि यस्ताे-यस्ताे पाेष्टहरु फेरि पढ्न चाहानु हुन्छ भने कमेन्ट बक्समा भन्न सक्नुहुनेछ । साथै पाेष्ट लाई सेयर गरेर साथ र सपाेट गरिदिनुहाेला ।

Comment