Friday, October 15

बिहेमा फैलियो कोरोनाः बेहुलाको मृ’त्यु, बेहुलीसहित परिवारका ९ जना सं’क्र’मित (भिडियो सहित) समाचार

April 24, 2021 114

Sapana Sanjal : एजेन्सी ।

स्वास्थ्य मापदण्ड पालना नगरी गरिएको विवाहवाट फै,लिएको कोरोनाका कारण बेहुलाको निधन भएको छ भने बेहुली सहित ९ जना सं’क्र’मि’त भएका छन् । बिवाह भएको केही दिनमै वेहुलालाई स्वास्थ्यमा समस्या देखिएपछि गरिएको परिक्षणका क्रममा कोरोना पु,ष्टि भएको हो । विवाहमा स्वास्थ्य मापदण्ड पालना गरिएको थिएन ।

भारतको उत्तर प्रदेश फिरोजबादमा भएको यो घटनामा बेहुलाको उपचारका क्रममा निधन भएको छ भने बेहुली सहित ९ जनालाई कोरोना पु,ष्टि भएको छ । विवाह भएको १० दिनमै बेहुलाको निधन भएको हो । बेहुलीसहित परिवारका ९ जना सदस्य कोरोनाभाइरस संक्रमितको उपचार भइरहेको छ ।

बेहुलाको मृ त्यु भएपछि शंका लागेर पूरै परिवारको कोरोना परीक्षण गराउँदा ९ जना संक्रमित भेटिए । मुख्य चिकित्सा अधिकारी डा। नीता कुलश्रेष्ठका अनुसार युवकको २५ नोभेम्बरमा बिहे भएको थियो । बिहेलगत्ते युवकको स्वास्थ्य बिग्रियो र ४ डिसेम्बरमा मृ त्यु भयो ।

परिवारमा ठूलो संख्यामा संक्रमित भेटिएपछि गाउँलेहरुको परीक्षणको लागि शिविर राखिएको छ । शिविरमा सम्पर्कमा आएकाहरुको पहिचान गरेर जाँच गरिने डा। कुलश्रेष्ठले बताइन् ।
एजेन्सी कोसहयोगमा ।

Comment