Monday, June 14

भोक र गर्मीले एक बृद्धको मृत्यु , यस्तो अबस्थामा भेटियो

June 9, 2021 128

Sapana Sanjal : देवदहमा एक पुरुषको शव फेला परेको छ । देवदह – खैरेनी चोक नजिकै करिब ५५ वर्षीय पुरुषको शव मंङ्गलवार बिहान फेला परेको हो । पातलो शरिर, कालो वर्णको, हलुका दाह्री पालेको, एक ब्यक्तिको शव भेटिएको तर तत्काल नामथर र ठेगाना नखुलेको प्रहरीले जनाएको छ। यद्यपि उनको बुटवल मजवार घर भएको शं`का गरिएको छ ।

त्यस्तै, देशका विभिन्न स्थानमा तीन जनाको शव भेटिएको छ । मृत अवस्थामा फेला परेकाहरुको शवको विषयमा प्रहरी थप अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ । कास्की जिल्लाको पोखरा महानगरपालिका–३० ढुङ्गेपाटनस्थित बञ्जारी चौतारा नजिकै कटेरोभित्र तनहुँ भानु नगरपालिका (३ बस्ने ३८ वर्षीय दिपक गुरुङ बुधबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी, कास्कीकै माछापुच्छ्रे गाउँपालिका–६ गैह्रीगाँउस्थित बाटोमा सोही गाउँपालिका–५ धारापानी काउँरे घर भई हाल सोही नगरपालिका–१८ लामागाँउ बस्ने ६० वर्षीया दाउरी बिक बुधबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । यता, पाल्पाको रिब्दिकोट गाउँपालिका–५ जैथुममा बस्ने ३६ वर्षीय सन्तोश कुमाल तानसेन नगरपालिका–६ गणेशधारास्थित हबी मियाको गरको भुई तल्लामा बुधबार राति मृत अवस्थामा फेला परेका छन् ।

Comment