Tuesday, June 22

चीनको पक्षमा बोल्यो डब्लुएचओ, अमेरिकालाई भन्यो ‘धेरै दवाव नदिनु’

June 8, 2021 86

Sapana Sanjal : काठमाडौँ । कोरोना भाइरस उत्पत्तिको विषयमा चीनलाई थप दबाब दिन नमिल्ने तर्कमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओका) वरिष्ठ अधिकारीहरू एकमत देखिएका छन् । अमेरिकाले चीनमा भाइरस उत्पत्तीवारे थप अनुसन्धान गर्न पाउनुपर्ने दवाव सिर्जना गरीरहेकै बेला डब्लुएचओको यस्तो भनाई आएको हो ।

डब्लुएचओका आपतकालीन कार्यक्रमका प्रमुख माइक रयानले आफूहरुसँग अहिलेको अवस्थामा चीनलाई दबाब दिने कुनै पनि अधिकार नरहेको बताएका हुन् । अझै पनि कोरोना भाइस जनावरबाट मानिसमा आएको वा प्रयोगशालाबाट निस्किएको हो भन्ने टुङ्गो लागिसकेको छैन ।

विशेषगरी चीनको वुहानस्थित प्रयोगशालाबाट कोरोना भाइरस बाहिरिएको विवाद पछिल्लो समय चर्चामा छ । धेरै वैज्ञानिकहरुले कोरोनाको उत्पत्तिको विषयमा पूर्णरुपमा अनुसन्धान हुनुपर्ने माग गर्दै आएका छन् । चीनले भने प्रयोगशालाबाट कोरोना भाइरसको संक्रमण बाहिरिएको आरोप अस्वीकार गर्दै आएको छ ।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना चीनको प्रयोगशालाबाट नै बाहिरिएको दाबी गरेका थिए । त्यो दवाव अहिले पनि कायम छ ।

Comment