Saturday, October 16

श्रीमानलाई मृत्युवाट त बचाएँ तर बिएण्डसी अस्पतालमा ८ लाख तिर्न नसक्दा घर लान पाएकी छैन’-श्रीमतिको बिलौना !

June 8, 2021 171

Sapana Sanjal : काठमाडौ । नेपालमा फैलिएको महामारीले कतिको सहारा खोसेको छ भने कतिलाई आर्थिक बोध थपेको छ । उपचारमा लाग्ने महंगो शुल्कले कतिपयलाई घर न घाटको बनाएको छ । झापाको गौरादह नगरपालिका वडा नम्बर ७ की एक महिला आफ्ना श्रीमानलाई अस्पतालवाट निकाल्न आर्थिक सहयोग माग्दै छन् । उनका श्रीमान नारायणचन्द्र राजवंशी यतिबेला विर्तामोड स्थित बिएण्डसी अस्पतालमा छन् ।

उनको उपचारमा लागेको खर्च तिर्न नसक्दा उपचार पछि पनि अस्पतालमै बस्नु परेको हो । १२ दिनअघि कोरोना संक्रमण पुष्टि भएर अवस्था गम्भीर बनेपछि अस्पतालमा भर्ना भएका राजवंशी अहिले उपचार वापतको ८ लाख जुटाउन नसक्दा अस्पतालबाट घर फर्कन नपाएका हुन् ।

श्रीमती सुष्मा राजवंशीले श्रीमान अहिले निको भएपनि अस्पतालमा उपचार खर्च बुझाउन नसक्दा श्रीमान घर आउन नपाएको बताईन् । उपचारका लागि जम्मा गरेको २ लाख रुपैयाले पुगेन । अस्पतालले १० लाख रुपैयाको बिल थमाइदिएपछि अहिले उनी आर्थिक संकलनमा लागेकी छन् । उनका श्रीमानलाई आइसियुमा राखेर उपचार गरिएको थियो । सहयोग गर्न चाहनेहरुका लागि उनले ९८०३४७३१६३ नं मा फोन गर्न वा अस्पतालमै आएर सहयोग गर्न उनले आग्रह गरेकी छन् ।

Comment