Tuesday, June 22

विश्वकै सबैभन्दा ठूलो आवासीय बौद्ध विद्यालय

June 8, 2021 138

Sapana Sanjal : चीनको चेंगदु नजिकै रहेको लारुङ गार बुद्धिस्ट एकेडेमीमा ४० हजार विद्यार्थी छन् । झन्डै एक गाउँजस्तै देखिन्छ यो एकेडेमी । घरको छाना र रंग रातो देखिन्छ ।

दानबाटै बनेको यो एकेडेमी सन् १९८० मा स्थापना भएको हो । यो दुनियाकै सबैभन्दा ठूलो आवासीय बौद्ध विद्यालय भएको बताईएको छ ।

परम्परागत तिब्बती बौद्ध शिक्षा अध्ययनका लागि यहाँ मलेसिया, हङकङ, सिंगापुर, ताइवानलगायतबाट विद्यार्थीहरु आउने गरेका छन् ।

यो विद्यालयमा टेलिभिजन हेर्न प्रतिबन्ध छ भने आइफोन चलाउन भने पाइन्छ । छात्र र छात्राका लागि सडक नै सिमाना बनेको छ । सडक वारी छात्रका लागि होस्टल छन् भने सडक पारी छात्राका लागि । –एजेन्सी

यो पनि पढ्नुहोस्

राशिअनुसार मानिसको स्वभाव पनि फरक हुने विश्वास गरिन्छ । ज्योतिषशास्त्रको मान्यताअनुसार राशिकै आधारमा व्यक्तिको स्वभावको मूल्याङ्कन र भविश्य निर्धारण हुन्छ । राशिको स्वभावका आधारमा सम्बन्ध, दोस्ती, प्रेम प्रसङ्ग पनि निर्भर हुन्छ । कतिपयलाई त कोतुहुल्ता होला कुन राशिसंग बिबाह गर्दा राम्रो होला भन्ने कुरा ।

तपाईको राशिले निर्धारण गर्छ कस्तो साथी पाउनुहुन्छ ।

वृष राशि वृष

राशि हुने व्यक्तिका लागि वृष, कन्या या मकर राशिका साथी श्रेष्ठ हुन्छ । यीनको प्रेम सम्बन्ध उत्तम रहन्छ । यदि कुनै व्यक्तिको राशि वृष हो र उ कर्कट, वृश्चिक या मीन राशिका साथी रोज्न चाहन्छ भने यो जोडी सामान्य रहन्छ । जो मानिसको राशि वृष हो उनको लागि मेष, सिंह, या धनु राशिका व्यक्तिसँग प्रेम सम्बन्ध सफल हुने सम्भावना ५०–५० रहन्छ । वृष राशिका लागि मिथुन, तुला या कुम्भ राशि हुनेहरूका साथ जोडी राम्रो मानिदैन ।

धनु राशि

धनु राशि हुने व्यक्तिका लागि मेष, सिंह या धनु राशि भएका व्यक्तिसँगको सम्बन्ध उत्तम मानिन्छ । यीनको प्रेम सम्बन्ध उत्तम रहन्छ । यदी कुनै व्यक्तिको राशि धनु हो र उ मिथुन, तुला या कुम्भ राशिका साथी बनाउन चाहन्छ भने यो जोडी सामान्य रहन्छ । जुन मानिसको राशि धनु हो उसको लागि वृष, कन्या या मकर राशिको व्यक्तिको साथ प्रेम सम्बन्ध सफल हुने ५०–५० सम्भावना रहनेछ । धनु राशिका लागि कर्कट, वृश्चिक या मीन राशि हुनेहरुका सँगको जोडी त्यति राम्रो मानिदैन ।

तुला राशि

तुला राशिका मानिसका लागि मिथुन तुला या कुम्भ राशिका साथी सबैभन्दा उत्तम मानिन्छन् । यिनीहरूको प्रेम सम्बन्ध उत्तम हुन्छ । यदी कुनै व्यक्तिका राशि तुला हो र उ मेष, सिंह या धनु राशिका साथी छनौट गर्न चाहन्छ भने यो जोडी सामान्य रहन्छ । जुन मानिसको राशि तुला हो उनको लागि कर्कट, वृश्चिक या मीन राशिका व्यक्तिसँग प्रेमसम्बन्ध सफल हुने संभावना ५०–५० हुन्छ । तुला राशिका लागि वृष, कन्या या मकर राशिका साथ जोडी बन्नु बनाउनु त्यति राम्रो हुँदैन ।

Comment