Tuesday, June 22

किन त्या गेका थिए बुद्धले दरबार

June 8, 2021 103

Sapana Sanjal : त्रिपिटकको ‘अत्तदण्डसुत्त’बाट सिद्धार्थ गौतमले दरबार छोड्नुको खास कारण प्रस्ट हुन्छ । तत्कालीन समाजमा युद्धहरू भइरहन्थे । मानिसहरू स-सानो निहुँमा एकअर्काको ज्यान लिन तम्सिन्थे । बुद्धको हृदय सानैदेखि करुणायुक्त भएको हुँदा उनलाई का*टमारमा सहभागी हुन या रमिता हेरेर बस्न मन भएन । उक्त सुत्तमा भनिएको छ- ‘आफन्तहरूबीच एकअर्काका विरुद्ध शस्त्र उठाएको हेर्नु भयावह थियो । जसरी पानी बिना माछा छटपटाउँछन्, उसैगरी हिं*सायुक्त समाजमा मानिसहरू त*ड्पिइरहेका थिए ।’

सुत्तनिपातको ’पब्बज्जा सुत्त’मा बुद्धका शिष्य आनन्दले भनेका छन् ( घरगृहस्थीमा बस्नु सं*कटपूर्ण र अ*शान्तिपूर्ण छ । प्रब्रज्यामा खुला आकाशमा जस्तै स्वतन्त्रता हुन्छ । यस्तो देखेर बुद्धले घर त्या*गे।

त्यसैगरी प्रब्रज्या’ त्रिपिटककै ’अरियपरिसेन सुत्त’ले महत्वपूर्ण तथ्य बताउँछ । यो सुत्तमा बुद्धले भनेका छन्( ’हे भिक्षुहरू, पहिला म पत्नी, दासदासी इत्यादिमा सुख छ भन्ने सोच्थेँ र तिनैको पछि लाग्थेँ । उमेर बढ्दै थियो तर बुढ्यौली, रोग, मृ*त्यु र शो*कको चक्करमा फँसेको थिएँ । तब मेरो मनमा यो विचार आयो, म स्वयं जन्म, म*रण, रोग र शो*कसँग सम्बद्ध छु तैपनि यिनै दुःखहरूसँग सम्बद्ध पत्नी, पुत्र आदिमा आशक्त छु । यो त ठीक भएन । मैले त जन्मरहित, रोग र शो*करहित अमरताको परम अवस्था निर्वाणको खोजी गर्नु उचित हुन्छ ।’

यसबाट प्रष्ट हुन्छ, सिद्धार्थ गौतमले कतिपयले विद्वानले दावी गरेजस्तो शाक्य कुलको कोपभाजनमा परेर भन्दा पनि निर्वाणको चाहले नै दरबार त्या*गेका थिए ।

Comment