Friday, September 17

सविता प्रकरणको यथार्थ बल्ल खोले श्रीमान र सासुले, अन्तवार्ता भरि आँशु रोकिएन (भिडियो सहित)

June 8, 2021 148

Sapana Sanjal : काठमाडौं- चितवनकी सविता भण्डारीको मृत्यु प्रकरण उनीप्रति न्याय माग्दै सामाजिक सञ्जालमा ह्या स ट्या ग नै चलिरहेको छ, ज स्टिस फर सविता भण्डारी दे ह त्या ग कि ह त्या? सोसल मिडियामा सविताको मृत्युको बहसको विषय बनेको छ। यो घटनाको अन्तर्य केलाउँदा महिनौंदेखि भोग्दै आएको मृत्युको खास कारण देखिन्छन्।

घटना गत वैशाख ४ गतेको हो। साँझपख चितवन प्रहरीलाई खबर पुग्यो– ‘भरतपुर–१९ मा एक महिलाले दे ह त्याग ग रिन्।’ ती महिला थिइन्, सविता भण्डारी धिताल। प्रहरीसम्म खबर पुर्‍याउने चाहिँ सविताकै पतिको परिवार थियो। प्रहरीलाई जतिबेला दे ह त्याग खबर पुग्यो, त्यतिबेला परिवारले ती महिलालाई चितवन मेडिकल कलेज लगिसकेको थियो। त्यसपछि सविताको माइती पक्षको दाबी रह्यो–उनलाई सकिदीएक हुन् ।

चितवन प्रहरीको अनुसन्धानले भने सविताले दे ह त्या ग नै गरेको निष्कर्ष निकाल्यो। ‘यस्तो केसमा अनुसन्धान गर्दा हामी दुइटा कुरा हेर्छौं– कि त मृ तक आफैले यस्तो गरेको हुनु पर्यो कि त अरुले यस्तो गराईएको हुनु पर्छ ’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओम अधिकारी भन्छन्, ‘हामी घटनास्थल पुगेर अनुसन्धान गर्दा केही छिमेकीको उपस्थितिमा मृ त कलाई यस्तो अबस्था बाट निकालेर अस्पताल पुर्‍याएको पाइयो।

तर, सविताको माइती पक्ष यो निष्कर्ष मान्न तयार भएन। सविताको श्रीमान् र उनको परिवारले दाइजो नदिएको निहुँमा निरन्तर गर्दै आइरहेको र त्यही क्रममा यो परिणाम आएको आ रोप लगायो। श्रीमान् योगेन्द्रकुमार धिताल, ससुरा रमेशकुमार धिताल र आमाजु भावना ढकाल मिलेर सविताको यो अवस्थाममा ल्याएको उनीहरुको आ रो प थि यो।

सविताको माइती पक्षले ७५ वर्षीय ससुरा रमेश कुमार धितालले सवितालाई न’रा’म्रो व्य’वहा’र गर्ने गरेको आ’रोप ल गा एका छन्। सविताको बिहे ०७१ सालमा भएको थियो। सविताले बहिनी सजनीलाई ससुराले गर्ने त्यो व्यवहारको बारे सुनाएको फेसबुक च्याट पनि सार्वजनिक भएको छ।

‘त्यसपछि मैले दिदीलाई यसरी बोलेको भरमा कसैलाई पत्याउँदैन, बरु एउटा भिडियो बनाउने प्रयास गर न भनेर सुझाएकी थिएँ,’ सजनीले एक युट्युब च्यानलसँग भनेकी छिन्, ‘त्यसपछि सविताले भिडियो बनाइन् र मलाई पठाएकी हुन्।’ यही भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। जहाँ ससुरा सविताको काखमै सुत्न खोज्छन्। ‘काखमै सुत्नुपर्ने त?’ त्यसपछि भिडियोमा सविताले अ’सह’ज भाव प्रकट गरेकी छिन्।

यो पनि : अपाङ्गता परिवारमा रोगभन्दा भोकको चिन्ता

पोखरा महानगरपालिका–१७ रातोपहिरास्थित सेती नदीको किनारमा एउटा कोठामा यस्तो गर्मीमा पनि एक आपाङ्गसहित सात जनाको परिवार कष्टकर जीवन बिताउन बाध्य छ । कोरोना कहरका कारण रोजगारी खोसिएसँगै दैनिकी सञ्चालनमा सकस त छ नै घरमा अपाङ्गता भएका छोराका कारण उनीहरूको दैनिकी थप कष्टकर बन्दै गएको छ ।

बन्दाबन्दीका कारण मजदुर त समस्यामा पर्नु स्वाभाविक हो तर अपाङ्गता भएका परिवाका लागि यो अभिशाप नै भएको छ । दैनिक मजदुरी गरी बिहान–बेलुकाको छाक टार्दै आएका विपन्न समुदायको परिवारमा अपाङ्गता भएका व्यक्तिको पालनपोषण झनै जटिल समस्या बनेको हो ।

काठमाडौँबाट बाल्यकालमै पोखरा आएका लक्षु थापा मगर र उनकी श्रीमती मनमायाका चार छोरा र एक नाति अहिले आर्थिक अभावसँगै एउटै कोठामा बस्दै आएका छन् । सानो एउटा कोठा जहाँ खाना पनि पाक्छ र सातै जना सुत्ने गर्छन् ।

जेठ महिनाको रापिलो गर्मीमा कोरोनाका कारण रोजगारी गुमेपछि जस्ताले छाएको कोठामा खोरमा झैँ थुनिएर बस्नुपर्दाको पीडा सुनाउने पनि कोही नभएपछि यतिखेर लक्षुको परिवार निकै चिन्तामा छ ।

चारमध्ये कान्छो १८ वर्षीय छोरा पूर्णे थापा मगर भने पूर्णरूपमा अपाङ्ग हुनुहुन्छ । जन्मजात अपाङ्ग भएका पूर्णे बोलचाल हिँडडुल केही गर्नुहुन्न, उहाँको दिसापिसाब स्याहार्नु आमा मनमायाका लागि दैनिकी जस्तै बनेको छ । अपाङ्ग पूर्णेले सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता भने पाउने भएकाले पनि सो परिवारलाई ठूलै राहत पुगेको छ ।

“यसै त दुःख छ नै, त्यसमाथि एउटा छोरो अपाङ्ग हुँदा हामी धेरै चिन्तामा छौँ”, दुखेसो व्यक्त गर्दै ५० वर्षीय मनमायाले भन्नुभयो, “न बोलीचाली, न हिँडडुल । के गर्नु नियति नै यस्तै रहेछ ।”

उहाँ भन्नुहुन्छ, “हामी जस्ता विपन्न तथा असहायलाई समस्या त परेको छ नै यस्तो बेलामा अपाङ्गताका लागि अभैm कष्टकर हुनेरहेछ । परिवारका अरु सदस्यले त आपैmँले खाना खान सक्छन् तर यसले आपैmँ खान पनि सक्दैन, त्यसैले भान्छामा जेजस्ता पाकेको छ पहिला कान्छो छोरालाई खुवाउने गरेकी छु ।”

पूर्णे सानो थियो र दिसा पिसाब गराउँदा बोकेर लैजान सजिलो हुन्थ्यो । अहिले आफूभन्दा ठुलो भइसकेकाले बोक्नसमेत गाह्रो हुने गरेको उहाँले बताउनुभयो । “सन्तानको माया लाग्दो रहेछ, सकिनसकी उचाल्ने गरेकी छु”, उहाँले भन्नुभयो ।

आर्थिक अवस्था कारुणिक भए पनि कोही कसैबाट भने उहाँहरूले सहयोग पाउनुभएको छैन । कोरोना रोगले मर्ने चिन्ता आम जनमानसमा परिरहँदा मगरका परिवारलाई भने भोकले मरिने हो कि भन्ने चिन्ताले सताएको छ ।

पोखराको एक निजी स्कुलको गाडी चलाउँदै आएका लक्षुले कोरोना महामारीका कारण उक्त काम पनि बन्द भएको बताउनुभयो । “निषेधाज्ञासँगै दैनिक रोजगारी गुमेपछि बिहान बेलुकाको खर्च टार्न धौधौ हुने गरेको बताउँदै उहाँले भन्नुभयो, “धन्न स्थानीय किराना पसलेको मन जितेका थियौँ र उधारोमा भने पनि अहिलेसम्म जेनतेन चुल्हो बलेको छ, नत्र भने भोकले मर्नुपर्ने अवस्था सिर्जना भएको छ ।”

कोरोनाका कारण शुरु भएको निषेधाज्ञासँगै यतिखेर भाडाको ट्याक्सी चालक कृष्ण, पोखरा छोरेपाटनस्थित एक होटलमा कार्यरत कर्ण र रङरोगनको काम गर्दै आएका सुरोज थापामगरको समेत रोजगारी गुमेको छ ।

बाबु र तीनै छोरासहित चारै जनाको रोजगारी गुमेपछि कमाएपछि तिर्ने सर्तमा किराना पसलबाट समान लगिरेहको बताउँदै उहाँले चाँडैं महामारी अन्त्य भई निषेधाज्ञा हटेमा पुनः रोजगारी चल्ने र आफूहरूको दैनिकी पनि सहज बन्ने विश्वास व्यक्त गर्नुभयो ।

कोरोनालाई देखाएर विभिन्न नाममा ठाउँठाउँमा सहयोग पुग्ने गरेको सुन्नमा आउने गरेपनि यस पटक हालसम्म कोही कसैले आफूहरूलाई सहयोग नगरेको उहाँको भनाइ छ । अघिल्लो वर्षको बन्दाबन्दीमा भने पौरखी स्वयंसेवी समूहको समन्वयमा पोखरा–७ मासवारमा रहेको शान्तिनगर बैंक्वेटबाट घरमै खानाको सेट आएको उहाँले स्मरण गर्नुभयो ।

“आम्दानीको स्रोत कम र खर्च बढी हुने भएर पनि अहिलेसम्म आप्mनो र परिवारको नाउँमा एक इन्च पनि जग्गा छैन”, उहाँले भन्नुभयो, “पोखरामा धेरै सुकुम्वासी बस्ती छन् तर आफू भने छोराछोरी पाल्ननै समस्या भएपछि त्यता पनि कुनै ध्यान पुगेन कहीँ कतै सानो जग्गा पाउने हो भने दुःखसुख ओत लाउने घर बनाएर बस्ने इच्छा छ ।”

Comment