Monday, June 21

फेरि एक्कासी मुटुमा समस्या देखिएपछि मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना

June 8, 2021 69

Sapana Sanjal : कलाकार मदनकृष्ण श्रेष्ठ फेरि अस्पताल भर्ना भएका छन्। अचानक उनको मुटुमा समस्या आएपछि उनलाई शनिबार बिहान काठमाडौंको गंगालाल अस्पतालमा भर्ना गरिएको हो। पारिवारिक स्रोतका अनुसार उनलाई शुक्रबार राति देखि छाती दुखेको थियो।

मदनकृष्णमा कोरोना भाइरसको संक्रमण अझै पनि पोजिटिभ देखिएको छ। जसकारण पनि उनको स्वास्थ्यमा समस्या आएको हुनसक्ने डाक्टरहरूले बताएका छन्। साथै, ब्लड प्रेसर पनि तलमाथि भएपछि उनलाई शनिबार बिहानै अस्पताल लगिएको थियो। आइतबार उनको एन्जियोप्लास्टी गरेर स्टेन्ट हालिएको पारिवारिक स्रोतले जनाएको छ। अहिले उनको स्वास्थ्य अवस्था सुधार आइरहेको छ।

उनको मुटुको एन्जियोप्लास्टी गरिएको उपचारमा संलग्न डा धर्मा यादवले बताए। हिजो गंगालाल भर्ना भई एन्जियोप्लास्टी गरेपछि सघन उपचार कक्ष (आइसियू) मा राखिएका भएका श्रेष्ठलाई आज डिलक्स रुममा सारिएको समेत डा यादवले बताए। हाल उनको अबस्था खतरा मुक्त रहेको पनि उपचारमा संलग्न चिकित्सकले बताएका छन्। केही अघि मात्र उनी संक्रमणबाट मुक्त भएर घरमा आराम गरिरहेका थिए।

Comment