Friday, October 15

यो झारलाई चिन्नु हुन्छ ? जसले दिन थाल्यो मासिक ५० हजार सम्मकाे कमाई, कसरी कमाउने सकिन्छ त !

June 5, 2021 373

Sapana Sanjal : यो झारलाई चिन्नु हुन्छ ? जसले दिन थाल्यो मासिक ५० हजार सम्मकाे कमाई, कसरी कमाउने सकिन्छ त ! जागर र पौरखमा सिप घुलाउन सके सुन बनाउन सकिन्छ । आफ्नै माटोलाई पगालेर मोती बनाउँन सकिन्छ ।

नेपाल सम्भावना नै सम्भावना भएको देश हो । यसैले हामी आज हाम्रा भीर पाखाबाट कसरी आम्दानी गर्न सक्छौ भन्ने जानकारी दिँदैछौ । अर्गानिक वल्र्ड प्रा,लीले काभ्रेका विभिन्न ६ वटा सामुदायिक वनमा चारकोल बनाउन किसानहरुलाई सहयोग गर्दै आइरहेको छ । कम्पनीले किसानहरुले तयार पारेको चारकोल किनिदिने समेत गरेको छ । गाउँमा तयार भएको चारकोल किसानहरुले सजिलै बेच्न सक्ने भएसँगै अहिले चारकोलको उत्पादनमा वृद्धि भइरहेको छ ।

केही बर्ष अघिसम्म रोजगारी खोज्न शहर बजारमात्र होइन विदेश जान भन्दै काठमाडौंका मेनपावर कम्पनी धाउने कोशिपारीका स्थानीयहरु यतिखेर भने वनपाखाको काँडा, बनमरा पोल्नमै व्यस्त छन् । वनमा रहेका काँडा, उन्यू र झारपातहरु पोलेरै मासिक ५० हजार रुपैयाँ सम्म कमाई हुने भएपछि यूवाहरु अरु छोडेर झाँडी पोल्न लागेका हुन् ।

काभ्रे कोशीपारीका ६५ बर्षिय बाबुराम तामाङ दैनिकजसो पाखामा काँडा काटिरहेको अवस्थामा भेटिन्छन् । बारीमा लगाएको मकै, दुम्सी र बदेलले छिनमै स्वाहा बनाउने तामाङलाई केहीबर्ष अघिसम्म दैनिक छाक टार्न मुस्किल पर्ने गर्दथ्यो ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

Comment