Tuesday, June 15

शुक्रवार ह्वात्तै घट्यो सुनको मुल्य

June 4, 2021 12

Sapana Sanjal : काठमाडौं ।

साताको कारोबारको अन्तिम दिन आज सुनको मुल्य नेपाली बजारमा घटेको छ । हिजो ९४ हजार ९ सय रुपैयाँमा खरिद विक्रि भएको छापावाल सुन आज १५ सयले घटेर प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार तेजाबी सुन आज प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । बिहीबार प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै, शुक्रबार चाँदीको मुल्य ३५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । हिजो १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

यो अर्को समाचार, सिटिजन्स बैंक इन्टरनेसनलले कागजात बिना २ लाखसम्मको कर्जा दिने भएको छ । बैंकले एफ वान सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा ग्राहकहरुको सुविधाका लागि “पेडे लोन” नामक नयाँ कर्जा सुविधा सार्वजनिक गरेको हो ।

हिजो भर्चुअल माध्यमबाट बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले कम्प्यूटरमा क्लिक गरी “पेडे लोन” योजना सार्वजनिक गरेका छन् ।

बैंकको अनुसार यस कर्जा योजना अन्तर्गत बैंकमा तलब खाता संचालन गरिरहेका तथा बचत खातामा नियमित कारोबार गर्ने ग्राहकहरुले अधिकतम ३० दिन सम्मका लागि २ लाखसम्म मोबाइल बैकिङ्गबाट “पेडे लोन” सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । यस कर्जाको लागि कुनै पनि निवेदन दिन र कानूनी कागजात गरी रहनु नपर्ने बैंकले जनाएको छ ।

Comment