Wednesday, September 22

कालो ढुसी लक्षण तथा रोकथामका उपायहरू यस्ता छन्

June 4, 2021 147

Sapana Sanjal : को-भिड– १९ भएका बिरामीमा आँखा, नाक र अनुहार बिगार्ने कालो ढुसी ( म्युकरमाइकोसिस ) को संक्रमण अहिले केही मानिसमा पुष्टि भएको छ । यो संक्रमण बिरलै देखिन्छ, तर संक्रमण गम्भीर भए प्राणघातक पनि हुन सक्ने भएकाले समयमा नै ध्यान पु-याउनु पर्छ ।

लक्षण =

१-अनुहार, मुख, नाक आँखावरिपरि दुख्ने । २-आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने । ३- नाकबाट रगत बग्ने, बाक्लो सिंगान आउने । ४-ज्वरो आउने । ५- आँखाको ढकनी सुन्निने र ढकनी झुक्ने, आँखाले धमिलो देख्ने ।
६=दाँत दुख्ने वा हल्लिने ।

रोकथामका उपायहरू

१- सफा र सुक्खा मास्क प्रयोग गर्ने, डिस्पोजेबल मास्कको पुनः प्रयोग नगर्ने । नियमित रूपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने । व्यक्तिगत स्वच्छतामा ध्यान दिने । घरबाहिर वा फोहोरमा काम गर्नु परे डिस्पोजेबल पन्जाको प्रयोग गर्ने ।

२- धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने । नुनिलो पानीले नाक सफा गर्ने । पोभिडोन आयोडिन भएको तरल पदार्थले घाँटी र मुख कुल्ला गर्ने । जथाभावी स्टोरोइड र एन्टिबायोटिक प्रयोग नगर्ने । सुगर भएका बिरामीले सुगर नियन्त्रणमा राख्ने ।

३- स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधि सेवन गर्ने । कालो ढुसी संक्रमण कोरोनाजस्तो एक मानिसबाट अर्को मानिसमा सर्दैन ।

स्रोत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ  अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

Comment