Sunday, September 26

मुख्यमन्त्री राईको श्रीमती दावी गर्दै आएकी बालिका खड्का फेरी राईलाई भेट्न एमाले मुख्य कार्यालयमै पुगेपछि

April 23, 2021 254

Sapana Sanjal : काठमाडौ ।

नेकपा एमालेका नेता तथा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विवाह गरेको केही महिना भएको छ । उनले निकै तामझामका साथ विवाह गरेका हुन् ।
तर आफूलाई प्रेममा धोका दिएको आरोप लगाउँदै आएकी बालिका खड्का फेरि मुख्यमन्त्री शेरधन राईलाई भेट्न पुगेकी छन् । राई पार्टी कार्यालय आएको थाहा पाएपछि उनी राईलाई भेट्न पार्टी कार्यालय पुगेकी थिइन्। उनी भित्रै प्रवेश गर्दै थिइन् उनलाई प्रहरीले रोकेको छ ।

विहिवार बिहान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै एमालेको नयाँ केन्द्रीय कार्यालय (थापाथली) पुगेका मुख्यमन्त्री राईलाई खड्काले भेट्ने प्रयास गरेकी हुन्। उनले आफुलाई राईको श्रीमती दावी गर्दै आएकी छन् ।

आफुलाई धोका दिएर राईले दोस्रो विवाह गरेको भन्दै अब अदालत जाने बताएकी उनले राईलाई ब्यक्तिगत रुपमा भेट्ने प्रयास गरेकी हुन् । राईले भने बालिकासंग आफ्नो कुनै सम्बन्ध नभएको बताउँदै आएका छन् । एमालेको मुख्यालय धुम्बाराहीबाट थापाथली सारिँदै छ।

एमाले पार्टी कार्यालयका सचिव ईश्वरी रिजालको कक्षमा बसिरहेका मुख्यमन्त्री राईलाई भेट्न भन्दै बालिका भित्र पस्ने प्रयास गरे पछि प्रहरीले रोकेकी हुन् । उनलाई प्रहरीले बाहिर निकालेको छ। यसअघि पनि बालिका मुख्यमन्त्री राई भेट्न पार्टी कार्यालय पुगेकी थिइन् भने प्रहरीले त्यसैगरी रोकेको थियो।

Comment