Friday, June 18

आज नेपालमा संक्रमणको आयो यस्तो अपडेट, प्रशासनले पनि सर्वसाधारणको लागि जारि गर्यो यस्तो सूचना

June 2, 2021 190

Sapana Sanjal : काठमाडौं । नेपालमा भाइरसका चार हजार ५२४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १३ हजार ८०५ नमूनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सहायक प्रवक्ता डा. समीर कुमार अधिकारीले चौबीस घण्टामा आरटीपीसीआरबाट चार हजार ५२४ जनामा सङ्क्रमणको पुष्टि भएको बताए । एन्टीजेनबाट ७९२ जनामा पोजेटिभ पाइएको जानकारी दिए।

सह प्रवक्ता डा.अधिकारीले हाल एक लाख एक हजार ९९३ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको बताए । छ हजार ८३२ जना संस्थागत् आइसोलेशनमा र ९५ हजार १३१ जना होम आइसोलेशनमा रहेका छन् । हाल ८३७ जना क्वारेन्टिनमा छन् । पछिल्लो चौबीस घण्टामा सात हजार २१९ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । सह प्रवक्ता डा. अधिकारीले पछिल्लो चौबीस घण्टामा १०१ जना सङ्क्रमितको मृत्यु भएको बताए।

यस्तै काठमाडौं उपत्यकाको निषेज्ञाज्ञा केही खुकुलो बनाउँदै जेठभर लम्बाउने निर्णय गरिएको छ । बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु छलफल लागि बैठक बसेका हुन् । बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

बैठकले खाद्य तथा पुस्तक पसल बिहान ९ बजेसम्म खोल्न दिने निर्णय गरेको छ । त्यस्तै रोकिएका निर्माण कार्य पनि व्यवस्थित तरिकाले संचालन हुने भएको छ । निर्माण सामग्री रातमा ढुवानी गरेर दिउँसा निर्माण कार्य गर्ने अनुमति दिने भट्टराईले जानकारी दिए । मजदुरलाई निर्माणस्थलमै खान बस्नको व्यवस्था गर्न भनिएको छ।

यस अघि एक सातादेखि खाद्यान्न पसल र निर्माण कार्यसञ्चालनमा रोक लगाइएको थियो। यस बाहेक यस अघिको अत्यावश्यकबाहेकका कार्यालय खोल्न नपाइने व्यवस्था कायमै छ। बैंक तथा वित्तीय संस्था पनि अहिलेकै अवस्थामा सञ्चालन हुने प्रजिअ भट्टराईले बताए।

यस्तै सवारी साधन मर्मतसम्भार गर्ने वर्कसप विहान ९ बजेसम्म खुल्न पाउने भएका छन् । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले वर्कसप राति ९ बजेदेखि विहान ९ बजेसम्म सञ्चालन गर्न दिने भएको हो । यसअघि उपत्यकामा सवारी साधन सञ्चालन गर्ने वर्कसप बन्द गरिएको थियो ।

Comment