Monday, June 14

चौधरी ग्रुपको नवलपरासीस्थित बियर फ्याक्ट्रीमा भीषण आगलागी, बिनोद चौधरी पनि पुगे (६ तस्विर सहित)

June 2, 2021 115

Sapana Sanjal : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामको बियर प्लान्टमा आगलागी भएको छ । आज बिहान अचानक भएको आगलागी नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित तीनवटा वारुणयन्त्र (दमकल) प्रयोग गरिएको छ ।

आगलागीका कारण थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो । जिल्लाको देवचुली–२ मा रहेको चौधरी उद्योगग्रामअन्तर्गत नेपाल आइस बियर प्लान्टमा आगलागी भएको गिरीले बताउनुभयो । आगलागी नियन्त्रणका लागि चितवनको भरतपुरबाट गएको नेपाली सेना, कावासोती नगरपालिका र चितवनको खैरहनी नगरपालिकाको वारुणयन्त्रले प्रयास गरिरहेको गिरीले बताउनुभयो ।

बियर प्लान्टमा अहिले पनि आगो बलिरहेको छ । आगलागी भएको स्थानमा सिजी ग्रुपका प्रमुख एवं निवर्तमान सांसद विनोद चौधरीसमेत पुग्नुभएको छ । आगलागीका कारण कुनै पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । तस्विर तल हेर्नुहोस :

Comment