Thursday, June 24

कालो ढुसीको संक्रमण बाँके र काठमाडौंको संक्रमितमा देखिएको पुष्टि

June 1, 2021 92

Sapana Sanjal : १८ जेठ, काठमाडाैं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार म्युकोरमाइकोसिस ‘कालो ढुसी’को संक्रमण देशका अन्य शहरहरुमा पनि देखिन थालेको छ । मन्त्रालयका अनुसार वीरगञ्जबाट देखिन थालेको यो संक्रमण बाँके, काठमाडौं लगायतका शहरमा देखिएको हाे ।

वीरगञ्जमा वैशाखको तेस्रो साता ६७ वर्षीय एक पुरुषमा ब्लाक फङ्गस अर्थात कालो ढुसीको संक्रमण देखिएको थियो । तर अहिले १२ जना कोरोना संक्रमितमा यो संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ ।

वीरगञ्जमा तीन जनाको परीक्षण गर्दा दुई जनामा ब्ल्याक फंगसको पुष्टि भइसकेको छ । एकजनाको भने रिपोर्ट आउन बाँकी रहेको नारायणी अस्पतालले जनाएकाे छ ।

यसैगरी बाँकेको भेरी अस्पतालमा तीन जनामा ब्ल्याक फंगसको संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार पछिल्लो समय हप्तामा कालो ढुसीका दुई-तीन वटा केस देखा परेका छन् । यसले के संकेत गर्छ भने आगामी दिनमा कालो ढुसीको संक्रमण बढ्दै जाने सम्भावना प्रवल रहेको छ ।

भारतको महाराष्ट्र, दिल्ली, गुजरातलगायतका शहरमा ९ हजार भन्दा बढी कोरोना संक्रमण निको भएका व्यक्तिहरुमा ब्ल्याक फंगसको संक्रमण देखिएको थियो । नेपालमा पनि गरेर कोभिड–१९ निको भएका बिरामीहरुमा ब्लाक फङ्गलको संक्रमण देखा परेको छ ।

Comment