Tuesday, June 22

उज्जवल थापाको मृत्यु भएको छैन, भ्रमको पछि नलाग्न आग्रह

June 1, 2021 77

Sapana Sanjal : विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापालाई भेन्टिलेटरबाट निकालिएको छ । यद्यपि,अस्पतालले उनको अवस्थाबारे आधिकारिक जानकारी दिइसकेको छैन । विवेकशील साझा पार्टीका सञ्चार विभाग सदस्य उद्धवराज भेटुवालले थापालाई मेडिसिटी अस्पतालको भेन्टिलेटरबाट निकालिएको जानकारी दिए ।

तर यता सामाजिक संजालमा भने उनको मृत्युको खबर व्यापक रुपमा फैलिएको छ । कसैको निधन नहुँदै सामाजिक संजालमा श्रद्धाञ्जली दिन हतार गरेको भन्दै उपचार गर्दैगरेका डाक्टरले दुख व्यक्त गरेका छन् ।

मेडिसिटी अस्पतालमा इक्मो प्रविधिबाट उपचार भइरहेको भएपनि स्वास्थ्यमा सुधार आउन नसकेको डाक्टरले बताए। यस्तै उनले थापाकाे स्वास्थ्यकाे बारेमा आएका भ्रमको पछि नलाग्न पनि आग्रह गरेका छन्।

मंगलवार भेन्टिलेटरवाट निकालेको जानकारी दिएको अस्पतालले परिवारको मन्जुरी विना अन्य कुरा बताउन नमिल्ने जनाएको छ । अस्पतालले उनको अवस्थाबारे आधिकारिक जानकारी दिइसकेको छैन । विवेकशील साझा पार्टीका सञ्चार विभाग सदस्य उद्धवराज भेटुवालले थापालाई मेडिसिटी अस्पतालको भेन्टिलेटरबाट निकालिएको पुष्टि गरेका छन् । अस्पतालले मंगलवार नै उनको अवस्थाको बारेमा स्टेटमेन्ट जारी गर्ने तयारी गरेको छ । त्यसका लागि परिवारसँगको सल्लाह गरेको अस्पतालले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण भएपछि उनलाई ह्याम्स अस्पताल हुँदै ग्राण्डी अस्पताल रिफर गरिएको थियो। ग्राण्डीबाट इक्मो प्रविधिमार्फत् थापाको उपचारका लागि मेडिसिटीमा लगिएको थियो। पीसीआर रिपोर्ट नेगेटिभ आएपनि उनको स्वास्थ्य अवस्थामा सुधार आउन सकेको छैन।

Comment