Thursday, June 24

हावाबाट छिट्टै फैलने’ को-रोना भाइरसको नयाँ भेरिएन्ट भेटिएकाे पुष्टि !

June 1, 2021 105

Sapana Sanjal : ‘हावाबाट छिट्टै फैलने’ को-रोना भाइरसको नयाँ भेरिएन्ट भेटिएकाे पुष्टि !  भियतनामले को-रोना भाइरसको नयाँ भेरिअन्ट पहिचान गरेको छ जुन भा- र- तीय तथा यू- के भेरिअन्टको मिश्रित स्वरूपमा देखिएको र त्यो हावाबाट छिट्टै फैलने अधिकारीहरूले बताएका छन् । भियतनामका स्वास्थ्यमन्त्री गुयन थान्ह लङ्गले पछिल्लो उत्परिवर्तनलाई शनिवार व्याख्या गर्दै त्यसलाई ‘निकै ख-तरनाक’ बताएका छन् ।

भाइरसहरू उत्परिवर्तन भइरहन्छन् र धेरैजसो भेरिअन्टहरू महत्त्वपूर्ण हुँदैनन् तर केहीले भने भाइरसलाई थप सङ्क्रामक बनाउँछन् । सन् २०२० को ज्यानुअरीमा पहिलो पटक को-भिड-१९ पहिचान भएयता हजारौँ उत्परिवर्तनहरू भएका छन् । रोयटर्स समाचार संस्थाले स्वास्थ्यमन्त्री गुयनले सरकारी बैठकमा भनेको कुरालाई लेखेको छ: “भियतनामले अहिले नै रहेका सुरुमा भा- र- त र यू- केमा देखिएका भेरिअन्टको मिश्रित गुणहरू सहितको नयाँ को- भिड-१९ को भेरिअन्ट देखेको छ।”

उनले नयाँ ठि- माहा भेरिअन्ट यसअघिका संस्करणमा देखा परेकाभन्दा निकै सङ्क्रामक रहेको र त्यो खासगरी हावामार्फत फैलने बताए । अनलाइन पत्रिका भीएनएक्सप्रेसका अनुसार उनले हालै देखा परेका बिरामीहरूमा परीक्षणहरू गर्दा उक्त भेरिअन्ट देखिएको स्वास्थ्यमन्त्री गुयनले बताएका थिए । उनले भाइरसको यस भेरिअन्टको ‘वंशाणुगत सङ्केत’ छिट्टै उपलब्ध गराइने बताएका छन् ।

गत वर्षको अक्टोबरमा पहिलो पटक भा- र- तमा देखा परेको बी.१.६१७.२ भेरिअन्ट यू-के/केन्ट भेरिअन्ट (बी.१.१.७) भन्दा निकै सङ्क्रामक रहेको विज्ञहरूले बताएका छन् । अध्ययनहरूले फाइजर र आस्ट्राजेनेकाजस्ता खोपहरू दुई खेप लगाउँदा त्यसको असर भा- र- तीय भेरिअन्टविरुद्ध निकै प्रभावकारी पाइएको बताएका छन्।

खोपको एउटा मात्र मात्राबाट हुने सुरक्षा भने कम पाइएको छ। निकै धेरै मानिसहरूमा उत्परिवर्तन भएका भाइरसहरूले निकै गम्भीर बिमारी निम्त्याउने कुराको कुनै प्रमाण भेटिएको छैन । सुरुको भाइरसबाटै ज्येष्ठ उमेर समूहका वा जोखिमपूर्ण स्वास्थ्य समस्या भएकाहरूमै जोखिम उच्च देखिन्छ तर थप सङ्क्रामक र उत्तिकै ख-तरनाक हुने कुनै भाइरस खोप नलगाएका धेरै मानिसहरूमा फैलँदा त्यसले थप मृ- त्युहरू निम्त्याउँछ।

पछिल्ला सातामा भियतनाममा को- भिड-१९ का घटनामा उच्च वृद्धि देखा परेको छ। महामारी सुरु भएयता उक्त दक्षिणपूर्वी एसियाली मुलुकमा ६,७०० भन्दा बढी को- रोना भाइरस सङ्क्रमण पुष्टि भएका छन् । तीमध्ये आधाभन्दा धेरै यसै वर्षको एप्रिल महिनापछि देखिएका हुन् । जोन्स हप्किन्स युनिभर्सिटीको विवरण अनुसार अहिलेसम्म त्यहाँ ४७ वटा को- भिड जोडिएका मृ- त्युका घ- टना पुष्टि भएका छन् । बिबिसी

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

Comment