Tuesday, June 15

लुम्बिनीमा एमाले परित्याग गरि कांग्रेसमा प्रवेस गरेका कांग्रेसका पाण्डेय राष्ट्रिय सभा सदस्य निर्वाचित

May 31, 2021 60

Sapana Sanjal :लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि भएको उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन् ।

उनले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले हराएका हुन्। पाण्डेयले ४१४० मत ल्याए भने खड्काले ३५९४ मत पाए। पाण्डेय यसअघि प्रदेश सभा सदस्य थिए । एमालेबाट जितेका पाण्डेयले राजीनामा दिएर कांग्रेसमा प्रवेश गरेका थिए ।

कांग्रेस उम्मेदवार पाण्डेयलाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जसपाको बाबुराम-उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन थियो।

निर्वाचनका तीनवटा मतदान केन्द्रबाट मतदान भएको थियो । तीन सय मतदाता रहेकोमा २ सय ९७ मत खसेको थियो । निर्वाचनमा राप्रपाले बहिस्कार गरेको छ । २ मत बदर भएका छन्। नेपालगन्ज उपमहानगरका नगर प्रमुख,नरैना गाउँपालिका र दरबार गाउँपलिकाका अध्यक्ष मत हाल्न आएनन् ।

Comment