Friday, June 18

भेटियो ‘हावाबाट छिट्टै फैलिने खतरनाक’ नयाँ भेरिअन्ट भेटियो सचेत रहन आग्रह

May 31, 2021 68

Sapana Sanjal : भियतनामले कोरोनाभाइरसको नयाँ भेरिअन्ट पहिचान गरेको छ जुन भारतीय तथा यूके भेरिअन्टको मिश्रित स्वरूपमा देखिएको र त्यो हावाबाट छिट्टै फैलने अधिकारीहरूले बताएका छन्।

भियतनामका स्वास्थ्यमन्त्री गुयन थान्ह लङ्गले पछिल्लो उत्परिवर्तनलाई शनिवार व्याख्या गर्दै त्यसलाई ‘निकै खतरनाक’ बताएका छन्।

भाइरसहरू उत्परिवर्तन भइरहन्छन् र धेरैजसो भेरिअन्टहरू महत्त्वपूर्ण हुँदैनन् तर केहीले भने भाइरसलाई थप सङ्क्रामक बनाउँछन्।

सन् २०२० को ज्यानुअरीमा पहिलो पटक कोभिड-१९ पहिचान भएयता हजारौँ उत्परिवर्तनहरू भएका छन्।

भियतनामका स्वास्थ्यमन्त्रीले के भने?
रोयटर्स समाचार संस्थाले स्वास्थ्यमन्त्री गुयनले सरकारी बैठकमा भनेको कुरालाई लेखेको छ: “भियतनामले अहिले नै रहेका सुरुमा भारत र यूकेमा देखिएका भेरिअन्टको मिश्रित गुणहरू सहितको नयाँ कोभिड-१९ को भेरिअन्ट देखेको छ।”

उनले नयाँ ठिमाहा भेरिअन्ट यसअघिका संस्करणमा देखा परेकाभन्दा निकै सङ्क्रामक रहेको र त्यो खासगरी हावामार्फत फैलने बताए।

अनलाइन पत्रिका भीएनएक्सप्रेसका अनुसार उनले हालै देखा परेका बिरामीहरूमा परीक्षणहरू गर्दा उक्त भेरिअन्ट देखिएको स्वास्थ्यमन्त्री गुयनले बताएका थिए।

उनले भाइरसको यस भेरिअन्टको ‘वंशाणुगत सङ्केत’ छिट्टै उपलब्ध गराइने बताएका छन्।

Comment