Friday, June 18

नयाँ पार्टी गठन हुन्छ युवा पुस्तालाई नेतृत्व दिन तयार छु : माधव नेपाल

May 31, 2021 58

Sapana Sanjal : काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा दोस्रोपटक विघटन गरिएपछि नेकपा (एमाले) भित्रको विवाद फेरि चर्किएको छ । यी घटनाक्रमसँगै पार्टी पुन: लगभग विभाजनको अवस्थामा पुगेको छ । वरिष्ठ नेता नेपालले अर्को पार्टी खोल्ने निर्णयमा पुगेको बताएका छन् ।

प्रतिनिधिसभामाथि ओलीजीले नै एकपछि अर्को प्र’हार गर्न थालेपछि हामीले के गर्न सक्छौं र ? हामीले त जोगाउन सक्दो प्रयत्न गरेकै हो नि । उहाँले असंवैधानिक कदम चालेपछि हाम्रो उपाय लागेन । प्रतिनिधिसभा र लोकतन्त्र जोगाउन हामी फेरि पनि लागेका छौं । जो लोकतन्त्र र प्रतिनिधिसभा जोगाउन लाग्छ, उसैले कम्युनिस्ट पार्टी जोगाउने हो ।

लोकतन्त्र जोगाए मात्र न कम्युनिस्ट पार्टी हुनुको उपादेयता रहने हो । लोकतन्त्र, गणतन्त्र र परिवर्तनविरुद्धमा, विदेशी दासताको पक्षमा, विदेशीले लगाएको काममा लागेपछि त कसरी प्रतिनिधिसभा जोगिन्छ ?

नेता नेपालले नयाँ पार्टी गठन हुने संकेत गर्दै युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न आफु तयार रहेको बताएका छन् । आफ्नो समुह निकट अनेरास्ववियु केन्द्रिय कमिटिको आइतबार भएको भर्चुअल बैठकमा नेता नेपालले आफु पार्टी एकताको पक्षमा प्रयाशरत रहेपनि ओलीबाट सम्भावना टर्दै गएको बताए ।

बि’द्रोहबाट बन्ने नयाँ पार्टीको नेतृत्व लिन युवा पुस्ता तयार भए आफु नेतृत्व हस्तान्तरणका लागि तयार रहेको भन्दै उनले भने ‘दोस्रो पुस्ता नेतृत्वका लागि सहमति जुटाएर अघि बढ्छ भने म नेतृत्व हस्तान्तरणका लागि तयार छु ।’

Comment