Friday, June 18

चीनले थप स्वास्थ्य सामग्री दियो, तातोपानी नाकामा हस्तान्तरण पुरा समाचार पढ्नु होला?

May 31, 2021 58

Sapana Sanjal : चीनबाट अक्सिजन सिलिन्डर, कन्सन्ट्रेटर, भेन्टिलेटर लगायतका थप स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । तातोपानी नाकामा उक्त सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको नेपालको लागि चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिएकी छन् । उक्त स्वास्थ्य सामग्री सिज्याङ तिब्बत सरकारको तर्फबाट अनुदानमा दिएको हो । यसअघि पनि चीनले यस्तो स्वास्थ्य सामग्री उपलब्ध गराउँदै आएको छ ।

आइतबार हस्तान्तरण भएको स्वास्थ्य सामग्रीमा ८ सय अक्सिजन सिलिन्डर, १० कस्स,न्ट्रेटर, ५ भेन्टिलेटर, दुई सय आईसीयू बेड र १५ जार एन्टिजेन किट्स रहेको राजदूत यान्छीको ट्वीटमा उल्लेख छ । उनले उक्त सामाग्री तातोपानी भन्सारमा हस्तान्तरण गरिएको पनि जनाएकी छन् । चीनले यसअघि नै कोरोनावि,रुद्ध,को ८ लाख डोज भ्याक्सिन दिइसकेको छ ।

१० लाख डोज भ्याक्सिन मंगलबार काठमाडौँ आइपुग्ने जानकारी दिइएको छ । शनिबार नै काठमाडौँ आइपुग्ने गरी चीन सरकारले तयार गरेको भए पनि नेपाल सरकारको उदासिनताको कारण मंगलबार बिहान आइपुग्ने भएको बेइजिङस्थित नेपाली दूतावासका एक अधिकारीले बताए । चीनले आठ लाख बेइजिङमा र दुई लाख तिब्बतमा खोप तयारी हालतमा बिहीबार नै राखेको थियो ।

खोप दिने विषयमा चिनियाँ राष्ट्रपति सि चिनिफिङले नेपाली समकक्षी विद्यादेवी भण्डारीलाई टेलिफोन नै गरेर घोषणा गरेका थिए । त्यो घोषणासँगै उनले अन्य सहयोग पनि रहने बताएका थिए ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Comment