Friday, June 18

मुख्यमन्त्री शेरधन राईकी श्रीमती जाङमुले दिइन् बालिकालाई चेतावनी्, ‘एउटा मात्र प्रमाण ल्याउ मेरो श्रीमानलाई मै जेल लैजान्छु’

April 23, 2021 170

Sapana Sanjal : काठमाडौ ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी श्रीमती जाङमु शेर्पाले आफ्ना श्रीमानलाई श्रीमान दावी गर्दै आएकी बालिका खड्कालाई एउटा मात्र प्रमाण देखाउन चेतावनी दिएकी छन् । उनले आफ्ना श्रीमानको राजनीतिक जीवन समाप्त पार्ने षडयन्त्र भइरहेको भन्दै कडा विरोध गरेकी छन्।
शेरधनलाई श्रीमान दावी गर्दै आएकी बालिकाले विहिवार पार्टी मुख्यालयमा राईलाई गा ली गरेको भिडियो सार्वजनिक भएपछि शेर्पाले यस्तो चेतावनी दिएकी हुन् ।

आफूलाई प्रेममा धोका दिएको भन्दै बालिका खड्काले बिहीबार एमालेको नयाँ केन्द्रीय कार्यालयमै पुगेर मुख्यमन्त्री राईलाई भेट्न खोजेकी थिइन्, तर प्रहरीले उनको प्रयास असफल पारेको थियो।

प्रहरीले पक्राउ गरेपछि बालिकाले शेरधनलाई सुन्नै नसकिने शब्द प्रयोग गर्दै गा ली गरेकी थिइन् । सोही प्रकरणमा मुख्यमन्त्री राईकी पत्नी जाङमु शेर्पाले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै बालिकालाई प्रमाण देखाउन चेतावनी दिएकी हुन् ।

‘एउटा महिलाको नाममा यो हदसम्मका महिलाहरू पनि हुँदारहेछन् भन्ने आम महिलालाई कलंकित पार्ने जुन हर्कत एक जना महिलाले गर्दै आएकी छिन्, यो ज्यादै नै दुःखद छ,’ जाङमुले लेखेकी छन्, ‘मेरो श्रीमानले पीडित बनाएको एउटा सानो मात्रै प्रमाण भए म नै मेरो श्रीमानलाई कारबाहीको कठघरामा उभ्याउन तयार थिएँ, तयार छु।’

उनले लेखेको स्टाटस जस्ताको तस्तै : समाजिक संजाल र युटुबहरुमा भाइरल बनाइएको घटना र बिषयले मेरो गंभीर ध्यानाकर्षण भएको छ ! मेरो श्रीमान बिरुद्व बिगत लामो समय देखि वहाँको वहाँको ब्यक्तिगत र राजनैतिक जीवन समाप्त गर्ने सुनियोजीत षडयन्त्र हुदै आएको र अनेकन घटनाहरु हुदै आएको कुरामा म राम्रो जानकार छु !

म पनि एउटा सचेत महिला हुँ, न्याय अन्याय सबै कुरा बुझ्छु त्यतिमात्र होइन, अन्यायको बिरुद्व बोल्ने र ल ड ने सामाजिक सेवा कर्मी पनि हुँ !

तर बिना प्रमाण, बिना गल्ति र दो ष बिना एउटा महिलाको नाममा यो हद सम्मका महिलाहरु पनि हुँदा रहेछन भन्ने आम महिलालाई कलंकित पार्ने जुन हर्कत एकजना महिलाले गर्दै आएकी छिन यो ज्यादै नै दुखद छ १ मेरो श्रीमानले पि डी त बनाएको एउटा सानो मात्रै प्रमाण भए म नै मेरो श्रीमानलाई कार्बाहीको कठघरामा उभ्याउन तयार थिए, तयार छु !

Comment