Tuesday, June 15

खाना पकाउने ग्यास सिलिण्डर प’ड् किदा आमा छोरा परे

May 30, 2021 73

Sapana Sanjal : काठमाडौ ।

भरतपुर महानगरपालिका १० स्यालीबजारमा खाने पकाउने ग्यासको सिलिन्डर प’ड् किँदा आमा छोरा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ग्यास प’ड् किँदा ३४ वर्षीया शर्मिला आचार्य र उनका १६ वर्षीय छोरा आयुष घाइते भएका हुन् ।

घाइते दुवै जनाको नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

खाना बनाउने क्रममा ग्यास प’ड् किएपछि घरमा आ ग लागी भएको हो । आ गो स्थानीयवासी, प्रहरी र दमकलको सहायताले निभाइएको प्रहरीले जनाएको छ ।

यो अर्को समाचार, सरकारले व्यक्तिलाई करमा छुट र सहुलियत दिने बजेटमार्फत घोषणा गरेको छ। यसअनुसार आर्थिक वर्ष २०७७÷०७८ को आयमा वार्षिक २० लाख रुपैयाँसम्मको कारोबार भएका करदाताले ९० प्रतिशत, वार्षिक २० लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको कारोबार भएका करदातालाई ७५ प्रतिशत र वार्षिक ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबार भएका करदातालाई ५० प्रतिशतले आयकर छुट पाउने अर्थमन्त्री विष्णु पौडेलले बताएका छन्।

उनका अनुसार कोभिड– १९ बाट अत्याधिक प्रभावित होटल, ट्राभल, ट्रेकिङ, यातायात तथा हवाई सेवा, चलचित्र उद्योग र सञ्चार गृहको करयोग्य आयमा १ प्रतिशत मात्र आयकर लाग्ने व्यवस्था गरी ती व्यवसायको नोक्सानी सार्न मिल्ने अवधि बढाएर १० वर्ष पु¥याइएको छ।

कम्पनी ऐन, २०६३ तथा प्राइभेट फर्म रजिष्ट्रेशन ऐन, २०१४ अनुसार आर्थिक वर्ष २०७५÷०७६ सम्मको वार्षिक विवरण नबुझाएका तथा नवीकरण नगरेका कम्पनी तथा फर्मले २०७८ साल असोज मसान्तभित्र विवरण र शुल्क तथा जरिवानाको १० प्रतिशत रकम बुझाएमा बाँकी शुल्क तथा जरिवाना मिनाहा दिने व्यवस्था गरिएको छ।

Comment