Tuesday, June 22

माओवादी सरकार बचाउने एमालेका यि ४ सांसदको गयो पद

April 23, 2021 150

Sapana Sanjal : काठमाडौ ।
पार्टीको निर्देशन विपरित कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर माओवादी के,न्द्रको सरकारलाई विश्वासको मत दिने चार जना सांसदलाई एमालेले पदमुक्त गरेको छ ।
बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक समिति बैठकले कर्णालीमा फ्लोर क्रस गर्ने प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको हो ।

एमालेले पार्टीबाट निष्काशन गरेपछि कर्णालीका चार एमाले सांसदको पद गएको छ । अब उनीहरु सांसदविहिन भएका छन् । तर, विश्वासको मत दिएर सच्याउने देवी वलीलाई भने पार्टीबाट निष्काशन गरिएको छैन। मुख्यमन्त्री शाहीले आफूविरुद्धको अविश्वासको प्रस्तावमा यही वैशाख ३ मा विश्वासको मत लिएका थिए। वलीले सुरुमा शाहीलाई विश्वासको मत दिए पनि पछि सच्याउँदै फिर्ता लिएका कारण कारबाहीबाट जोगिएकी हुन्।

पार्टीले कारबाही गरेसँगै उनीहरुको सांसद पद समेत खारेज हुने प्रक्रिया अघि बढ्नेछ। यस्तै बैठकले स्पष्टीकरण सोधिएका माधव नेपालसहितका २७ सांसदको निर्णय गर्ने अधिकार स्थायी समितिलाई दिएको छ।कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाहीले भने फ्लोर क्रस गर्ने चारमध्ये तीन जनालाई मन्त्रीमा नियुक्त गरिसकेका छन् ।

Comment