Tuesday, June 22

आमाको मृत्युपछि सिफारिस लिन गएका सेवाग्राहीलाई वडाध्यक्षको मु क्का (भिडियो हेर्नुस्)

April 23, 2021 217

Sapana Sanjal : काठमाडौ ।

जनताको सेवाका लागि जनतावाटै चुनिएका वडाध्यक्षले सेवाग्राहीलाई कु टे पछि अहिले तनहुँको भीमाद ८ का वडाध्यक्ष विवादमा परेका छन् । उनले बिहीबार बिहान एक सेवाग्राहीसंगको विवाद पछि यस्तो गरेका हुन् । अहिले उनको भिडियो समेत सार्वजनिक भएको छ । वडा कार्यालय अरौंदीस्थित नवदूर्गा टोलमा बिहान ११ बजे वडाध्यक्ष बुद्धिमान श्रेष्ठले सोही वडाबासी चिरञ्जीवी खनालसंग विवाद गर्दा गर्दै चर्को रुप लिएको हो ।

खनाललाई वडाध्यक्ष श्रेष्ठले मु क्का हो नको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । ४० सेकेण्डमात्रै रहेको उक्त भिडियो अघिल्लो भाग निकालेर आफूलाई फ साउन खोजीएको वडाध्यक्षले बताएका छन् । यता खनालले भने आमाको देहान्तपछि हकवालाको पत्र बनाउन आउँदा आफुलाई वडाध्यक्षले यस्तो गरेको बताएका छन् ।

वडावाट हकवालाको सिफारिस लैजानु पर्ने भएकाले फिल्डमा रहेका वडाध्यक्षलाई साइन गराउँदा जाँदा पुरानो रिसीइवीका कारण आफु माथि यस्तो गरेको खनालको भनाई छ । ‘एउटा जग्गा मेरो लालपूर्जा भएको जग्गामा घर बनाउन रोकिदिएको थिएँ, त्यसैको रिस फेर्नुभयो ।

वडाध्यक्ष श्रेष्ठले सुकुम्बासीको नाममा वडाले घर बनाइदिन लागेको विषयमा विवाद सुरु भएको जानकारी दिएका छन् ।

उनले ती सुकुम्बासी महिला त्यहाँ दशकौंदेखि त्यहाँ बसिरहेको र खनालले ‘जा ल झे लपूर्ण’ जग्गा आफ्नो नाममा दर्ता गरेकोसमेत आरोप लगाएका छन् । भिडियो नेपाल प्रेसवाट लिइएको हो ।

Comment