Thursday, June 24

यिनै हुन् महान युबक जसले आफ्नो ज्यानको माया मारेर यसरी बचाए संक्रमितको ज्यान

May 30, 2021 92

Sapana Sanjal : काठमाडौ ।

महामारीका रुपमा फैलिएको नयाँ भेरियन्टले धेरै नागरिकको नि’ध’न भएको छ । पछिल्लो समय शहरहरुमा संक्रमितको संख्या खट्दै गएपनि अहिले ग्रामिण क्षेत्रमा संक्रमितको संख्या बढ्न थालेको स्वास्थ्य मन्त्रालयको तथ्थांकले देखाएको छ ।

स्वास्थ्य सामग्री र साधनको अभाव भएको ग्रामीण क्षेत्रमा उपचार नपाएर संक्रमितको ज्यान जोखिममा पर्ने खतरा छ । यस्तोमा केही सामाजिक अभियन्ता ग्रामीण भेगमा सक्रिय भएका छन् । केही दिन यताको लगातार बर्षाका कारण आएको बाढी पहिरोले ग्रामिण सडक भत्किएका छन् ।

एम्बुलेन्स जाने अवस्था नभएपछि स्थानिय एक युवाले जुक्ती निकालेका छन् । उनले आफ्नो ब्यक्तिगत मोटरसाइकललाई एम्बुलेन्स बनाएर आफै संक्रमितको उद्दारमा जुटेका छन् ।

बर्षाका कारण विगत तीन दिनदेखि धादिङको बेनीघाट रोराङ १० जयपुरीमा एम्बुलेन्स जान सकेन । संक्रमित उपचार नपाएर ज्यान जोखिममा पर्ने अवस्था भएपछि युवाले मोटरसाइकललाई नै एम्बुलेन्स बनाएका हुन् ।

यस्तो काम गर्ने युवाको अहिले सामाजिक सञ्जालमा निकै प्रशंसा भइरहेको छ । जयपुरीमा रहेका २ जना संक्रमितलाई युवाले अस्पताल लगिदिएका छन् । युवाले मोटरसाइकल मार्फत चौकीटार सम्म पु–याइदिएका छन् ।

Comment