Wednesday, September 22

कोरोनाले एकै परिवारका यति धेरै जनाको मृत्यु भएपछि परिवार नै उजाडियो, बाँचेका एक मात्र छोरोको पनि अस्पतालमा उपचार हुँदै

May 30, 2021 127

Sapana Sanjal : विराटनगर-

कोरोना संक्रमणका कारण विराटनगरमा एकै घरका तीन जनाको निधन भएको छ । विराटनगर–१ स्थित ढुंगाना परिवारका तीन सदस्य चार दिनको बीचमा संक्रमण कारण मृ,त्यु भएपछि परिवार नै उजाडिएको छ ।

परिवारका अभिभावक आमा ,छोरा र बुहारीको चारदिनको बीचमा संक्रमणका कारण मृ,त्यु भएपछि गाँउ नै शोकाकुल बनेको छ । परिवारका चार सदस्यमा कोरोना संक्रमण भएपछि ८१ वर्षीय आमा,६२ वर्षीय छोरा र ५९ वर्षीय बुहारी र उनीहरुका छोरा समेतलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

चार दिनको बीचमा उनीहरु मध्ये संक्रमणका कारण मंगलबार छोरा, विहीबार आमा र शुक्रबार बुहारीको मृ,त्यु भएको छ । अहिले छोराको भने अस्पतालमा उपचार भइरहेको बताइएको छ । बुबाको मृत्यु भएपनि छोरा अस्पतालमा रहेकाले दागवत्ती दिनपनि छोराले नपाएको बताइएको छ ।

Comment