Tuesday, June 22

चलिरहेको एम्बुलेन्सवाट ३ जना संक्रमित हाम फालेर भागे

April 23, 2021 144

Sapana Sanjal : काठमाडौ ।

भारतीय सिमानामा रहेका जिल्लामा कोरोनाको दोस्रो लहर महामारीका रुपमा फैलिएको छ । भारतसंग अन्य मुलुकले हवाई सेवा बन्द गरे नेपालको विमानस्थल प्रयोग गर्न भारतीयको लर्को काठमाडौमा लाग्यो । अहिले काठमाडौमा पनि कोरोनाको दोस्रो लहर महामारीकै रुपमा फैलिएको छ । भारतीय सिमानामा रहेको कैलालीमा ३ जना कोरोना सं,क्रमित चलिरहेको एम्बुलेन्सबाटै हाम फालेर भागेका छन् ।

उनीहरु पनि भारतवाटै नेपाल आएका भारतीय नागरिक हुन् । त्रिनगर नाका हुँदै आएका ३ भारतीय नागरिकलाई बिहीबार कोरोना पुष्टि भएपछि धनगढी–१५ मा रहेको आइसोलेसन लैजान लाग्दा चल्दै गरेको एम्बुलेन्सबाट हाम्फालेर भागेका हुन् ।

नेपालमा कामदारको रहेका ९ जना भारतको पलियाबाट आएका थिए । सीमामा गरीएको एन्टिजेन परीक्षणमा ६ जनामा कोरोना नभएको पुष्टि भएको थियो । ३ जनामा कोरोना देखिएपछि उनीहरूलाई आइसोलेसनमा लैजान लागिएको थियो । आइसोलेसन जान आनाकानी गरिरहेका उनीहरू बाटोबाटै भागेका हुन् ।

‘स्पिडमै चलाइरहेको थिएँ, एक्कासी हाम्फाले,’ एम्बुलेन्स चालक दिनेश लामाले भने, ‘रोक्नरसमाउन खोज्दा भागेर जंगल पसे ।’ एम्बुलेन्समा ७ जना सं,क्रमित थिए । ती मध्ये ४ जना नेपालीलाई भने आइसोलन राखिएको छ ।

Comment