Tuesday, June 15

कालिमाटीको सडक पेटीमै ४३ बर्षिय एक पुरुष मृत फेला

May 29, 2021 104

Sapana Sanjal :  काठमाडौं, जेष्ठ १४ । काठमाडौंको कालिमाटीमा एक जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका-१३ धौखेल कालिमाटीस्थित सडक पेटीमा धादिङ धार्के घर भएका ४३ वर्षीय राजेश बास्कोटा शुक्रवार मृत अवस्थामा फेला परेका हुन् ।

तस्विर सांकेतिक

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

अग्रपंक्तिमा खटिने प्रहरी कर्मचारीहरुका लागि कोभिसिल्ड दोस्रो डोज खोपको व्यवस्था

कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने प्रहरी कर्मचारीहरुमध्ये कोभिसिल्ड पहिलो डोज खोप लगाएका प्रहरी कर्मचारीहरुलाई दोस्रो डोज खोप लगाउने व्यवस्था गरिएको छ ।

अत्यन्त जोखिमपूर्ण रुपमा ड्युटीमा खटिने प्रहरी कर्मचारीहरुलाई खोप न्यून भइरहेको अवस्थालाई मध्यनजर गरी प्रहरी प्रधान कार्यालयको विशेष पहलमा सीमित कोभिसिल्ड खोप निकासा गरी स्वास्थ्य मापदण्ड पूर्ण पालनाका साथ आलोपालो रुपमा बुधबार, बिहीबार र शुक्रबार खोप लगाउने व्यवस्था गरिएको हो ।

सो क्रममा महानगरीय सशस्त्र प्रहरी गण नं. २ महाराजगंजमा बुधबार र बिहीबार गरी प्रहरी प्रधान कार्यालय तथा अन्तर्गतमा कार्यरत जम्मा १ हजार ३ सय ११ जनालाई खोप लगाइएको छ । यसैगरी महानगरीय ट्राफिक प्रहरी महाशाखामा ४ सय ३४ जना, महानगरीय प्रहरी परिसर काठमाडौं तथा मातहत वृत्तहरु समेतमा १ हजार ४८ जना, महानगरीय प्रहरी परिसर ललितपुरमा २ सय ५० जना र महानगरीय प्रहरी परिसर भक्तपुरमा ३ सय ५० जनालाई कोभिसिल्ड दोस्रो डोज खोप लगाइएको छ । साथै शुक्रबार समेत थप कर्मचारीलाई खोप लगाइने छ ।

नेपाल प्रहरीमा देशभर कार्यरत प्रहरी कर्मचारीहरुमध्ये हालसम्म ३७ हजार ९ सय ६१ जनाले पहिलो चरणमा र २४ हजार १ सय ६० जनाले दोस्रो चरणमा खोप लगाएका छन् ।

निषेधाज्ञाको समयमा हुलहुज्जत गर्ने तथा टिपरहरुमा क्षति पुर्‍याउने पक्राउ

निषेधाज्ञाको समयमा हुलहुज्जत गर्ने, दमकल समेतमा अवरोध पुर्‍याउने तथा निर्माण सामग्री ढुवानी गर्दै गरेका १५ वटा टिपरमा क्षति पुर्‍याएको अभियोगमा २ जनालाई भरतपुर महानगरपालिका-१६ ज्ञानेश्वरबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका-१६ बस्ने ३१ वर्षीय बिनोद गुरुङ र सोहीठाउँ बस्ने २८ वर्षीय शसी कुवंर रहेका छन् । उक्त स्थानमा निषेधाज्ञाको समयमा हुलहुज्जत गर्ने, टिपरलाई अवरोध गरी क्षति पुर्‍याउनुका साथै हातमा ढुङ्गामुढा बोकी अत्यावश्क सवारी साधन, दमकल समेतलाई अबरोध पुर्‍याएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु उपर म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

(प्रहरी समाचार बुलेटिनबाट)

Comment