Tuesday, June 22

प्रधानमन्त्री ओलीलाई प्रियंकाको सुझाव : भोट पाउनेलायक काम गरेर त देखाउनुहोस पहिले

May 29, 2021 90

Sapana Sanjal : काठमाडौ ।

सामाजिक संजालमा नायिका प्रियंका कार्की निकै सक्रिय छन् । उनका सामग्री अधिकांश विवादित र चर्चित हुन्छन् । उनले ब्यक्तिगत जिवनका विषय सामाजिक सञ्जालमा पोष्ट गर्ने भएकाले चर्चा हुने गरेको छ ।

तर अहिले भने प्रियंकाले नेपालको वर्तमान अवस्थाका बारेमा संजालमा लेखेकी छन् । उनले नेपाल सरकारसँग आग्रह गर्दै पहिले जनताको समस्या वुझ्न आग्रह गरेकी छिन् ।

प्रियंकाले लेखेकी छिन्–‘आखा खोलेर एक पटक नियालेर देशको स्थिती हेर्नुहोस् । अहिलेको समयमा देश र जनतालाई चुनाव चाहिदैन ।

यो अहिले प्राथमिकतामा पर्दैन । यति सामान्य कुरा पनि देख्न र वुझ्न नसक्ने ? देश हाक्ने शक्ती, देशलाई प्रगती र उन्नतीको मार्गमा लाने र इमान्दारी र जिम्मेवारीको साथ देश र जनताको सेवा र सुरक्षा गर्ने यो सरकारको दायित्व होइन र ?’

उनले, अहिलेको समयमा दैनिक हजारौंको संख्यामा संक्रमित बढिरहेको, अस्पतालमा बेड नभएको, भेन्टिलेटर नभएको, अक्सिजन नभएको, जनताले खोप नपाएको अवस्थालाई ध्यान दिन आग्रह गरेकी छन् ।

यस्तो अवस्थामा ४० अरब खर्च गरेर चुनाव गर्नु सान्दर्भिक नहुने भन्दै प्रश्न उठाएकी छन् । उनले अगाडि लेखेकी छिन्–‘निषेधाज्ञा चलिरहँदा जनताले दुई छाक खान पाएका छैनन् ।

हामी नेपाल जस्तो संस्था र आदर्श मिश्रा जस्ता नागरिकले देशको हालत र परिस्थितीमा सुधार ल्याउन दिन रात खटिरहेका छन् । जुन काम खासमा यो सरकारको हो । अझै पनि आफूले आफूसँग नजर मिलाउन सक्छौ ए सरकार ? राती निन्द्रा राम्रोसँग त लाग्छ ? अहिलेको परिस्थिती वुझ्नुहोस् ।’

नायिका कार्कीले चुनावमा खर्च गर्ने भनिएको ४० अरव रुपैयाँ अक्सिजन सिलिन्डर, आइसीयू, भेन्टिलेटर, निःशुल्क खोप लगायतका बिषयमा खर्च गर्न आग्रह गरेकी छन् ।

नायिका कार्कीले जनता रहे मात्र देश रहने भन्दै चुनाव समय परिस्थिती ठिक भएपछि गर्न पनि सुझाव दिएकी छिन् । उनले चुनावमा भोटको आश गर्ने भए भोट पाउन लायक काम गरेर देखाउन सरकारलाई चुनौती पनि दिएकी छिन् ।

Comment