Tuesday, June 22

जेठ १८ गतेबाट यि ३ मुलुकमा अन्तराष्ट्रिय उडान सुरु गर्ने सरकारको निर्णय (भिडियो हेर्नुस्)

May 28, 2021 52

Sapana Sanjal : काठमाडौ ।

सरकारले चीन, कतार र टर्कीमा हवाई उडान सुरु गर्ने सरकारको निर्णय गरेको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले साक्षातकार कार्यक्रममा त्यसको जानकारी दिएका हुन् । उडान सुचारु गरिएका मुलुकवाट आएका यात्रुहरु दुई खोप लगाएको छ भने होम क्वारेन्टिनमा बस्नुपर्ने ।

एउटा मात्र खोप लगाएको छ भने होटल क्वारेन्टिनमा बस्नुपर्ने र ७२ घण्टा पिसिआर नेगेटिभ लिएर आए पनि खोप लगाएको छैन भने १० दिन होटल क्वारेन्टिनमा बस्ने र त्यसपछि फेरी पिसिआर गर्नुपर्ने नेगेटिभ आएपछि मात्र घर जानु सक्ने । विहिवारको मन्त्री परिषदको बैठकवाट हप्तामा एक पटक नियमित उडान गर्ने निर्णय भएको बताए ।

आवश्यक रोग नियन्त्रण गर्नका लागि यस्तो गरिएको बताए । संकटमा परेको बेला ब्यक्तिहरु माथि अनावश्यक आर्थिक रुपमा अरुले फाइदा लिन नपाउन भनेर यस्तो ब्यवस्था गरिएको पर्ययटन मन्त्री भानुभक्त आचार्यले बताए । महामारी नरोकिएका कारण अन्य मुलुकहरुमा भने अझै तत्काल अन्तराष्ट्रिय उडान नहुने भएको छ । महामारीको चेन ब्रेक गर्नुपर्ने गर्नुपर्ने भएकाले उडान कायम राखिने भएको हो । भाइरस रोकथाम र नियन्त्रणका लागि अन्तर्राष्ट्रिय उडानमा लगाइएको रोक कायमै हुने पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले बताए ।

नयां भेरियन्टको पनि जोखिम थप बढ्दै गएका कारण सो कुरालाई मध्यनजर गर्दै सरकार तत्काल यि मुलुक बाहेक अन्य मुलुकमा अन्तर्राष्ट्रिय उडान नखोल्ने मनस्थितिमा पुगेको हो । ‘परिस्थिति सहज हुँदै गएपछि सातामा एक दुई उडान थप गर्दै अन्तर्राष्ट्रिय उडान खोल्ने सोच रहेको उनले बताएका छन् । जोखिम पुरै अन्त्य भएपछि मात्र अन्तराष्ट्रिय उडान पुरै खोलिने उनले बताए ।

सरकारले अहिले जेठ १७ गते मध्यरातसम्म अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ । मन्त्री ढकालले आन्तरिक उडानमा लगाइएको रोक अर्को सूचना जारी नभएसम्म कायमै रहने बताए । अप्ठेरोमा परेकाहरुलाई अहिले चार्टर्ड, उद्धार, कार्गो र कूटनीतिक उडान नियमित भइरहेका छन् । यस्ता उडान नरोकिने जनाइएको छ ।

Comment