Friday, September 17

शुक्रवार निको हुने संख्या अहिले सम्मकै धेरै, मृत्युको संख्या पनि घट्यो

May 28, 2021 350

Sapana Sanjal : काठमाडौ ।

शुकवार अहिले सम्मकै धेरै एकै दिन निको भएका छन् । २४ घण्टामा शुक्रबार ६ हजार ९५१ संक्रमित थपिदा त्यो भन्दा धेरै निको भएका छन्। पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अन्य दिनको तुलनामा मृत्यु हुनेको संख्या पनि घटेको छ ।

यसै अवधिमा थप ९ हजार ८४१ जना कोरोनाबाट मुक्त भएका छन्। एकै दिन कोरोनाबाट निको हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो। थप ९६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यीसहित हालसम्म मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको छ।

यस दिन कुल २० हजार ११० जनाको नमुना परीक्षण गरिएको थियो। जसमध्ये पिसिआर १९ हजार ३१३ र एन्टिजेन परीक्षण ७ सय ९७ जनाको गरिएको थियो। पछिल्ला दिनमा निको हुनेको दर बढ्दै गएको छ। मन्त्रालयका अनुसार हाल निको हुनेको दर ७८। १ प्रतिशत रहेको छ।

हालसम्म ५ लाख ४९ हजार १११ जनामा रोग देखिएको छ भने ४ लाख २८ हजार ६७० जना निको भएका छन्। हाल देशभर १ लाख १३ हजार ३९४ जना सक्रिय संक्रमित छन्।

Comment