Thursday, June 24

२१ महिनाने बालक उपचारको क्रममा निधन

May 28, 2021 113

Sapana Sanjal : काठमाडौं ।

आफ्नै घरको बारदलिबाट ल डे र ग म्भि र घाइते भएका बसन्त राईका २१ महिनाका छोरा अनमोल राईको उपचारको क्रममा निधन भएको छ । बुधबार बिहान फिदिम नगरपालिका १ स्थित आफ्नै घरको बारदलिबाट ल डे र अनमोल गम्भिर घाइते भएका थिए ।

पाँचथर अस्पतालमा अनमोलको उपचार सम्भव नभएपछि थप उपचारका लागि झापाको बी एण्ड सी अस्ताल लागिएको थियो । टा उ कोमा चो ट ला गे र ग म्भि र भएका अनमोलको उपचारकै क्रममा निधन भएको परिवारले जनाएको छ ।

यो पनि, कोरोना सङ्क्रमितलाई निःशुल्क पोषणयुक्त खाना
कोरोना सङ्क्रमिणका बिरामीले पोषणयुक्त खानेकुरा नपाउँदा ज्यान जाने गरेको खबर आइरहेका बेला जिल्लामा कार्यरत सम विकास केन्द्र (इडिसी) नामक एक गैरसरकारी संस्थाले यहाँका कोरोना सङ्क्रमितलाई पोषणयुक्त खानाको व्यवस्था गरेको छ ।

उक्त संस्थाले जिल्ला अस्पतालको आइसोलेशनकक्षमा भर्ना भएका कोरोना सङ्क्रमितलाई २१ दिनसम्म पोषणयुक्त खाना खुवाउने व्यवस्था मिलाएको छ ।

संस्थाले यही जेठ ११ गतेदेखि कोरोना सङ्क्रमितलाई पोषणयुक्त खाना खुवाउन थालेको कार्यक्रम संयोजक केशव परियारले बताउनुभयो ।

विदेशी दातृ निकाय एक्शन एड नेपालसँगको सहकार्यमा उक्त संस्थाले आइसोलेशनमा भर्ना भएका सङ्क्रमित तथा उनीहरुका कुरुवाका लागि खानाको व्यवस्था मिलाएको जिल्ला अस्पतालले जनाएको छ ।

अस्पतालभित्र रहेको क्यान्टिन र सम विकास केन्द्रबीच सम्झौता भएअनुसार क्यान्टिन सञ्चालकले प्रत्येक दिन रु ५० को बिहानको नास्ता, फलफूल तथा रु १३० को बिहानको खाना दिने गरेका छन् ।

यसैगरी रु ५० को दिउँसोको नास्ता, फलफूल तथा साँझको रु १३० को खाना गरी बिरामी र प्रत्येक बिरामीका एक कुरुवासमेतलाई उक्त खानेकुरा प्रदान गरिँदै आएको छ ।

संस्थाले यही जेठ ३१ गतेसम्म आइसोलेशनमा जे–जति सङ्ख्यामा बिरामी आए पनि ती बिरामी र उनीहरु प्रत्येकका एक कुरुवाको खाना तथा नास्ताको व्यवस्था मिलाइएको छ ।

Comment