Wednesday, September 22

अक्सिजन नपाएर पोखरामा सुत्केरीसहित ६ जनाको मृत्यु ! आफन्त भन्छन्- ‘अक्सिजनको लागि रोइकराइ गर्दा पनि केहि सिप लागेन’

May 28, 2021 180

Sapana Sanjal : अक्सिजन नपाएर पोखरामा सुत्केरीसहित ६ जनाको मृ,त्यु ! आफन्त भन्छन्- ‘अक्सिजनको लागि रोइकराइ गर्दा पनि केहि सिप लागेन’पोखरा । हाइफ्लोमा अक्सिजन दिएर उपचार भइराखेका बेला डाक्टरले अक्सिजन सकिएको खबर गरेपछि तनहुँ भानुकी सुत्केरी महिलाको परिवार होसहवास उड्यो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड आइसोलेसनमा शुक्रबार भर्ना भएर हाइफ्लो अक्सिजन दिएर सुत्केरीको उपचार भइरहेको थियो ।बिहीबार साँझ नै अस्पतालले अक्सिजन रेगुलर नभएको भन्दै घरि अक्सिजन दिने, घरि नदिने गरिएको सुत्केरीका आफन्तले बताए । ‘हाइफ्लोमा अक्सिजन रेगुलर छैन भन्यो । आउँछ आउँछ भन्छ, आउँदैन । अक्सिजन नपाएको १ घन्टा हुन लागिसकेको थियो, हामी आफैं अक्सिजन उद्योगमा पुग्यौं,’ सुत्केरी महिलाकी भाञ्जाले भने, ‘औद्योगिक क्षेत्रमा रहेको अक्सिजन उद्योगमा पुगेर रोइकराइ गर्यौं । हामी किन्छौं, केही अक्सिजन उपलब्ध गराइदिनुस् भन्यौं तर पाएनौं । फर्किंदा माइजूको मृत्यु भइसकेको रहेछ ।’****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Comment