Friday, June 18

आफैले बनाएको निमय तोड्दै सुरु भयो वालुवाटारमा एमाले बैठक, माधव नेपाल पक्षलाई कारवाहीको यस्तो तयारी

April 23, 2021 82

Sapana Sanjal : काठमाडौ ।

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शु,रू भएको छ । वैशाख ६ देखि शु,रू भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन र महासचिव ईश्वर पोखरेको सांगठानिक प्रस्तावमाथि छलफल हुने बताइएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा सो बैठक अहिले शुक्रबार ११ बजेदेखि सुरु भएको हो। सरकारले कोरोना महामारीका कारण स्वास्थ्य मापदण्डअनुसार २५ जनाभन्दा बढि मानिस एकैठाउँमा भेला हुन नपाउने नियम लागु गरेको छ। तर बालुवाटारमा प्रधानमन्त्रीकै अध्यक्षतामा पार्टीको २ सय ६५ सदस्यीय बैठक बसेको छ। सरकारमा सहभागी दलले नै आफैले बनाएको नियम तोडेका हुन् ।

वैशाख ६ गतेको बैठकले कर्णाली प्रदेशका फ्लोर क्रस गर्ने ५ सांसदसहित माधव नेपाल पक्षका २७ जनामाथि कारवाही प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । आजको बैठकले सोही निर्णय बमोजिम सोधिएको स्पष्टिकरणको जवाफ वारे पनि बैठकमा छलफल हुने बताइएको छ । माधव नेपाल पक्षका २७ नेतालाई पार्टीले स्पष्टिकरण सोधेको थियो । नेताहरुले बिहीबार स्पष्टिकरण दिइसकेका छन् ।

बैठकमा विष्णु पौडेल संयोजक रहेको शंकर पोखरेल र टोपवहादुर रायमाझी सम्मिलित कार्यदलले केन्द्रीय सदस्यहरूको कार्यविभाजन प्रस्ताव समेत पेस गर्ने बताइएको छ । यो बैठकले स्थायी कमिटी सदस्यहरू चयन गर्ने समेत बताइएको छ

Comment