Tuesday, June 22

ओली र नेपालबीचको बैठकवाट कुनै निष्कर्ष नआएपछि फेरी बोलिन् रामकुमारी झाँक्री ओलीलाई चेतावनी दिँदै गरिन् यस्तो आह्वान

April 23, 2021 155

Sapana Sanjal : काठमाडौ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच दुई दिन भएको वान टु वान वार्ता पछि एमाले नेता राम कुमारी झाँक्रीले प्रतिकृया दिएकी छन् ।

उनी माधव नेपाल समुहको सकृय नेता हुन् । उनले वार्तावाट कुनै सकारात्मक सं,केत नदेखेपछि कम्युनिस्ट आन्दोलन विसर्जन गर्नेविरुद्ध सशक्त संघर्षमा लाग्न कम्युनिस्ट नेता, कार्यकर्तालाई आह्वान गरेकी छन्।

नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको शुभकामना दिँदै कम्युनिस्ट आन्दोलनको एकता र ध्रुवीकरणका पक्षमा दृढतासाथ लाग्न सम्बन्धित सबैमा अपिल गरेकी हुन्।

नेता नेपाल र ओलीबीच बुधवार र विहिवर एक्ला एक्लै भेटवार्ता भएको छ । वैठक पछि पनि नेता नेपाल निरास देखिएका छन् । उनले कुनै उपलब्धी नभएको प्रतिकृया दिएकाछन् ।

नेत्री झाँक्री नेपाल पक्षकी सक्रिय नेत्री हुन्। नेत्री झाँक्रीले सामाजिक सञ्जालमार्फत आह्वान गरेकी छन्, ‘कम्युनिस्ट आन्दोलनलाई विसर्जन गर्ने, असैद्धान्तिक, विचारविहीन, अराजनितिक, अवसरवाद र रायमाझीपथको विरूद्धमा सशक्त वैचारिक र सांस्कृतिक संघर्ष गरौं।’

नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको शुभकामना दिँदै उनले अगाडि लेखेकी छन्, ‘कम्युनिस्ट आन्दोलनको एकता र ध्रुवीकरणको पक्षमा दृढतासाथ लागौं। नेपाल कम्युनिस्ट पार्टीको ७२औं स्थापना दिवसको अवसरमा हार्दिक शुभकामना १’

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरोधी गतिविधि गरेको आरोप लगाउँदै कारवाही गरेका मध्य रामकुमारी पनि एक नेता हुन् । ओलीले नेता नेपाल, झाँक्री सहित २७ नेतालाई कारवाहीका लागि स्पष्टिकरण पत्र पठाएका छन् ।
बुधबार साँझ बिहीबार अपराह्न गरेर होटल मेरिएटमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच दुईपटक वार्ता भए पनि सहमति हुने छाँटकाँट देखिएको छैन। लामो समयको तिक्तता पुर्ण वातावरणका भएको बेलामा ओली र नेपालबीच भएको आइस ब्रेकले एमाले कार्यकर्तामा भने खुसी छाएको थियो ।

Comment