Monday, June 14

बाँकेमा कोरोना नियन्त्रण वाहिर : भेरी अस्पताल प्रमुखले भने, ‘सबै वेड भरिए, हामी मुकदर्शन भएर बस्ने बाहेक केही उपाय छैन

April 23, 2021 81

Sapana Sanjal : काठमाडौ । कोरोनाको दोस्रो लहरको चपेटामा बाँके परेको छ । बाँकेमा हरेक दिन २ सय देखि ३०० को हाराहारीमा कोरोना संक्रमितहरु थपिएका छन् । त्यहाँ कोरोना संक्रमितका लागि भनेर छुट्याइएको अस्पताल र वेड भरिएका छन् । दिनहुं थपिएका नयाँ संक्रमितलाई भर्ना गर्ने उपाय नभएपछि चिकित्सक लाचार बन्न थालेका छन् । भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रकाश बहादुर थापाले सचेत हुन सबैलाई अपिल गरेका छन् ।

उनले अस्पतालका सबै वेड भरिएकाले आफुहरु मुक दर्शक भएर बस्नु बाहेक अरु उपाय नभएको बताएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले लाचारी देखाएका हुन् । सार्वजनिक अपिल गर्दै उनले भनेका छन्, कोरोना नि,यन्त्रण वाहिर ।
कोभिडका लागि छुट्टाईएको सम्पुर्ण १४२ वेड र वार्ड पूर्णरुपमा भरिसकेका छन् ।
संक्रमित विरामीको आउने क्रम जारी छ । हामी मुक दर्शक भएर बस्ने बाहेक केही गर्ने उपाय छैन । हरेकले आफ्नो ठाउँवाट सहयोग गर्न जरुरी देखिएको छ ।

उनले यस्तो स्टाटस लेखेपछि बाँकेका अधिकारकर्मी र सञ्चारकर्मीले पनि सामाजिक सञ्जालवाट सचेत रहन सबैलाई आग्रह गरेका छन् ।
उनको स्टटास शेयर गर्दै सचेत हुन आग्रह गरेका छन् । संचारकर्मी समिर श्रेष्ठ लेख्छन् हरेक दिन २ सय देखि ३०० को हाराहारीमा कोरोना संक्रमितहरु थपिएको थपिएकै छन् । कोभिडका लागि छुट्टाईएको सबै बेड र वार्ड पूर्णरुपमा भरिसकेका छन् ।
भेरी अस्पतालका मेसु प्रकाश बहादुर थापाको यो स्ट्याटस र अपिल देखेर अवस्था कति भयावह भईसकेको छ , सहजै अनुमान लगाउन सकिन्छ । तसर्थ सबैले आ आफ्नो ठाउँबाट सहयोग गरौ । सचेत रहौं । सावधानी अपनाऔँ ।

Comment