Wednesday, September 22

नेपाली सेनाका जर्नेल दिनेश केसीको निधन

May 27, 2021 238

Sapana Sanjal : नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको कोभिड–१९ संक्रमणका कारण मृ,त्यु भएको छ । सेनाको छाउनिस्थित सैनिक अस्पताल उपचाररत उनको बिहीबार बिहान निधन भएको सेनाले जनाएको छ ।

केसी सेनाको १३ नम्बर बाहिनीका बाहिनीपती थिए । उनको एक महिनादेखी उपचार जारी थियो । केसी केही महिनाअघि मात्र बंगलादेशबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) गरेर नेपाल फर्किएका थिए । काठमाडौंको न्युरोड घर भएका केसीका श्रीमती र दुई छोरी छन्।

केसीको निधनबारे नेपाली सेनाका पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै दु:ख व्यक्त गरेका छन् । क्षेत्रीले केसीको निधनबाट नेपाली सेनाले एउटा अमूल्य सदस्य गुमाएको उल्लेख गरेका छन् । हालसम्म कोरोना संक्रमणबाट नेपाली सेनाका विभिन्न दर्जाका गरी ६ जनाको ज्यान गएको छ । कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउने केसी नेपाली सेनाका उच्च अधिकारी हुन्।

Comment