Thursday, June 24

नेपाललाई दु:ख परेको बेला भारतले उठायो हात, तर चीनले यो अवस्थामा नेपाललाई साथ दिन्छौ भन्दै गर्यो यस्तो घोषणा

May 26, 2021 112

Sapana Sanjal : काठमाडौं ।

राष्ट्रपति विद्या देवी भण्डारीले सक्रियता देखाए पछि चीनले नेपाललाई तत्काल १० लाख डोज खोप दिने घोषणा गरेको छ । चीनले नेपाललाई तत्कालै अनुदानस्वरुप नेपाललाई १० लाख डोज खोप अनुदानस्वरूप उपलब्ध गराउने घोषणा गरेको हो ।

रकम भुक्तानी गरीसकेर पनि भारतले खोप उपलब्ध नगराएपछि राष्ट्रपति विद्यादेवी भण्डारी आफै सक्रिय भएकी थिइन् ।

उनले भारतलाई वुधवार पत्र लेखेर खोप उपलब्ध गराउन आग्रह गरिन् भने चिनियाँ समकक्षी सी जिनपिङसंग करिब डेढ घण्टा टेलिफोन संवाद गरिन् । राष्ट्रपति संगको संवाद भएलगत्तै चीनले सो घोषणा गरेको हो ।

सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप चीनले उपलब्ध गराउने जनाएको हो । यसअघि उसले ८ लाख डोज खोप उपलब्ध गराइसकेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधबार दिउँसो भएको टेलिफोन वार्तामा चिनियाँ समकक्षीले सो खोप उपलब्ध गराउने जानकारी गराएका थिए ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्विट गर्दै चिनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको जानकारी गराएकी हुन्।

‘आज नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको टेलिफोन वार्ताको क्रमका चिनियाँ राष्ट्रपति सी चिनिफिङले चीनले नेपाललाई कोभिड १९ को १० लाख डोज खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेका छन्’, राजदूत होउले लेखेकी छिन्।

यसअघि चीनले नेपाललाई अनुदानमा ८ लाख डोज खोप उपलब्ध गराएको थियो । दोस्रो चरणको कोभिड महामारी शुरु भएपछि अक्सिजन सिलिन्डरसहित विभिन्न सामग्रीहरु पठाएको सहयोग गरेको छ ।

Comment