Friday, October 15

नेपालमा कोरोनाले देखायो शुभ सङ्केत, संक्रमित भन्दा निको हुने बढ्दै

May 26, 2021 270

Sapana Sanjal : नेपालमा थप ६,७१४ जनामा कोरोनाभाइरस सङ्क्रमण र १४५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ। विगत २४ घण्टामा १९,३५२ जनाको पीसीआर र एन्टिजन परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेको बुधवार मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए।

सो अवधिमा ६,७१६ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ जुन सङ्ख्या उल्लेखित कुल दैनिक सङ्क्रमितको सङ्ख्याभन्दा बढी रहेको छ।
नेपालमा विगत २४ घण्टामा परीक्षणबाट सङ्क्रमण पुष्टि हुने दर ३४.७ रहेको छ। यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या पाँच लाख २८ र मृतकको सङ्ख्या ६,८४५ पुगेको छ।

अहिले पनि काठमाडौं उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी रहेको देखिन्छ। मन्त्रालयका अनुसार विगत २४ घण्टामा भक्तपुरमा ११३, ललितपुरमा २४१ र काठमाण्डूमा १,१३९ गरी उपत्यकामा कुल १,४९३ जनामा कोभिड पुष्टि भएको हो।

मन्त्रालयका अनुसार अहिले देशभरि एक लाख १७ हजार सक्रिय सङ्क्रमण छ। तीमध्ये एक लाख आठ हजार घरमै छन् भने ८,४५७ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले १,६७१ जना आईसीयूमा र तीमध्ये ४३४ जना भेन्टिलेटरमा छन्।

Comment