Monday, June 14

कोरोना अपडेट : नयाँ संक्रमितभन्दा निको हुनेको संख्या पहिलोपटक बढी

May 26, 2021 110

Sapana Sanjal : काठमाडौं ।

नेपालमा कोरोनाभाइरसका छ हजार ६७७ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १९ हजार ३० जनाको आरटपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालमा हाल एक लाख १७ हजार ७७ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।

मन्त्रालयका सहायक प्रवक्ता डा. समीर कुमार अधिकारीले चौबीस घण्टामा छ हजार ७१६ जना कोरोनामुक्त भएको बताउनुभयो ।

उहाँका अनुसार सोही अबधिमा १४५ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । दोस्रो लहर सुरु भएयता नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी भएको यो पहिलो अवसर हो ।

मंगलबार थप ८६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियाे भने १६९ जनाको मृत्यु भएको थियाे । यसअघि सोमबार देशभर ७४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ७१३५ जना निको भएका थिए । यस्तै १८५ जनाले संक्रमणबाट ज्यान गुमाएका थिए ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १४९३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यसमध्ये काठमाडौँमा ११३९, ललितपुर २४१ र भक्तपुरमा ११३ जना संक्रमित थपिएका हुन् ।

Comment