Sunday, September 26

भका भक मर्न थाले टर्की कुखुरा , देखिन थाल्यो यो रोग , साबधान रहनुहोला !

May 26, 2021 213

Sapana Sanjal : काठमाडौं फेरि बर्ड फ्लु देखिएको छ । कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकामा पालिएका टर्कीमा बर्ड फ्लु देखिएको हो । बर्ड फ्लु रोग पुष्टि भएसँगै त्यस क्षेत्रमा टर्की नस्ट गर्न बुधबार बिहानैदेखि टोली खटाइएको पशु सेवा विभागले जनाएको छ ।

विभागका प्रवक्ता डाक्टर चन्द्र ढकालका अनुसार अस्वाभाविक रूपमा टर्की मर्न थालेको नमुना सङ्कलन गरेर केन्द्रीय प्रयोगशालामा परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको हो ।

बर्ड फ्लु रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र नदिन र तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरिएको छ । यसअघि काठमाडौं तारकेश्वर, ललितपुरको नख्खु लगायतका क्षेत्रमा पनि केही महिनाअघि लोकल कुखुरा, लेयर्स र टर्कीमा बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएको थियो ।

प्रारम्भिक रुपमा करीब ८०० टर्की नष्ट र सो क्षेत्रमा निसंक्रमण गर्न बुधबार बिहानैदेखि प्राविधिक खटिएको सूचना अधिकारी ढकालले जानकारी दिए ।

अस्वाभाविक रुपमा टर्की मृ,त्युको सूचना पछि विभागले नमूना संकलन गरेर केन्द्रीय प्रयोगशालामा रियलटाइम पीसीआर विधिबाट गरेको परीक्षणमा बर्डफ्लु पुष्टि भएको हो ।

‘हामी अहिले संक्रमण थप फैलन नदिने काम गरिरहेका छौं’ सूचना अधिकारी ढकालले भने । व्यावसायिक प्रयोजनका लागि किसानले फर्ममा पालेको टर्कीमा उक्त संक्रमण पाइएको विभागले जनाएको छ ।

पन्छी नष्ट र निसंक्रमण विधि सकिएपछि बुधबार साँझसम्म विस्तृत विवरण सार्वजनिक गर्ने तयारी भइरहेको विभागले जनाएको छ । काठमाडौंको तारकेश्वर, ललितपुरको नख्खु लगायतका क्षेत्रमा केही महिना अघि लोकल कुखुरा र टर्कीमा बर्डफ्लु पाइएको थियो ।

Comment