Friday, September 17

लगातार ज्वरो आएपछि अल्पायुमै संसार त्यागे इन्जिनियर भण्डारीले

May 26, 2021 258

Sapana Sanjal : पुल्चोक इन्जिनियरिङ कलेज का पुर्व विद्यार्थी ( ०७२ सिभिल इन्जिनियरिंग ), इन्जिनियर उदय भण्डारीको असामायिक निधनले हामी स्तब्ध भएका छौँ । उदय भण्डारी क्याम्पस जीवनमा क्याम्पसका सम्पूर्ण गतिविधि हरुमा अत्यन्त क्रियाशील, परोपकारी कर्म मा सदैव समर्पित र कुशल विद्यार्थी हुनुहुन्थ्यो र पेशागत जीवनमा प्रगति गर्दै हुनुहुन्थ्यो ।

सिभिल इन्जिनियर उदय भण्डारीको निधन भएको छ । पछिल्लो समय कर्णाली क्षेत्रमा पूर्वाधार विकास क्षेत्रमा काम गर्दै आइरहेका उनको आइतबार साँझ १० बजेको समयमा असामयिक नि,धन भएको हो ।

पुल्चोक क्याम्पसबाट सिभिल इन्जिनियरिङ गरेर राम्रो सम्भावनाका साथ आफ्नो क्षेत्रमा क्रियाशिल रहेका भण्डारीको असमायिक नि,धनले इन्जिनियरिङ क्षेत्र नै यतिबेला स्तब्ध बनेको छ । उनको उमेर करिब २४ वर्षमात्र थियो । १५ दिनअघि मात्र उनको जन्मदिन थियो ।

उनीनिकट साथीहरुका अनुसार भण्डारी दुर्गम क्षेत्रमा बसेर पूर्वाधार निर्माण कार्यमा क्रियाशिल थिए । सहयोगी भावना, मेहनती र इमानदार उनी सबैका प्रिय थिए । विद्यार्थी जीवनमा समेत पुल्चोक क्याम्पसमा हरेक कार्यमा उनी अग्रसर रहन्थे र आफ्नो राम्रो छाप छाडेका थिए ।

उनी पछिल्लो समय कर्णाली क्षेत्रको लुक्ला–खुलालु–लैफू सडकअन्तर्गतको पुल निर्माणमा खटिएका थिए । उनी निर्माण व्यवसायी श्री कन्काई–नेपाल प्रगति जेभीको तर्फबाट सो प्रोजेक्टमा कार्यरत थिए ।

कामकै क्रममा ज्वरो आएपछि उनी अस्पताल गएका थिए । उनको पिसीआर परीक्षण गरिएको छ र रिपोर्ट आज बेलुकासम्म आउँछ । उनी निकटका अनुसार उनमा कोरोना संक्रमण भएको आशंका गरिएको छ ।

उनले पद्मोदय पब्लिक मोडल हाईस्कुल दाङबाट प्लस टू पास गरेका थिए । तपाईंको रचनात्मक क्रियाशीलता क्याम्पसका हरेक भित्ताले सदैव सम्झिरहनेछ उदय । यस पिडाको घडीमा शोक संतब्ध परिवार, इष्ट मित्र तथा आफन्तजन समपुर्णमा भावपूर्ण समवेदना व्यक्त गर्न चाहन्छौं ।

Comment