Monday, June 14

कोरोना बाट बच्न लगाइएको अनौठो सुनको मास्कले संसारको ध्यान खिच्यो

May 25, 2021 152

Sapana Sanjal : यतिखेर कोरोना भाइरस (कोभिड–१९)को महामारीसँगै मास्कको नया नया ट्रेण्ड पनि चलिरहेको छ । भाइरस संक्रमणबाट बच्नका लागि भन्दै मानिसहरूले अनेकौं खालका अनौठा मास्कहरू समेत बनाउन थालेका छन् । भारत मा पनि यतिखेर कोभिड संक्र*मण ब्याप्त भैरहेको छ !

यसैबीच भारतमा एक व्यक्तिले सुनको मास्क बनाएर लगाएका छन् । भारतको पुने भन्ने ठाउँका एक व्यक्तिले ५० ग्रामभन्दा बढी तौलको एक मास्क बनाएका छन् जसको मूल्य भने २ लाख ८९ हजार भारतीय रुपैयाँ रहेको छ । पुनेमा बस्ने शंकर कुराडेले सो मास्क बनाएका हुन् । उनले बताएका छन्, मास्कमा साना साना प्वाल पनि बनाइएको छ, जसबाट स्वास प्रवाहका लागि भने समस्या हुँदैन ।

यो पनि, कोभिड हेल्प डेस्क सञ्चालन भएपछि सहज
वाग्मती प्रदेशको राजधानी हेटौँडमा मकवानपुरमा कृयाशील विभिन्न सङ्घसंस्थाको संयुक्त पहलमा कोभिड हेल्प डेस्क सञ्चालनमा आएपछि सङ्क्रमीत बिरामीको उपचारमा थपसघाउ पुगेको छ ।

अक्सिजनको अभाव, उपचारमा समस्या तथा औषधि अभाव नहोस् भनेर उद्देश्यले मकवानपुर उद्योग वाणिज्य सङ्घको कार्यालयमा सचिवालयमा कोभिड हेल्प डेस्क सञ्चालनमा आएको थियो ।

मकवानपुर उद्योग वाणिज्य सङ्घको नेतृत्वमा कोभिड हेल्प डेस्क स्थापनासँगै होमआईसुलेशनमा बसेका कोभिड सङ्क्रमितलाई घरमा पुगी परामर्श सेवा, अत्यावश्यक औषधी वितरण तथा आवश्यकताअनुसार घरमै अख्सिजनसमेत उपलब्ध गराउँदै आईएको हो ।

मानवीय संवेदना, सहकार्य र सहअस्तित्वको भावनाबाट प्रेरित भई मकवानपुरका विभिन्न क्रियाशील सङ्घसंस्थाले कोभिड–१९ न्यूनीकरण अभियान एकीकृतरूपमा सञ्चालन गर्ने उद्देश्यले कोभिड हेल्प डेस्क स्थापना गरेका हो ।

मकवानपुर उद्योग वाणिज्य सङ्घको कार्यालयमा सचिवालय रहेको डेस्कको संयोजक सङ्घका अध्यक्ष कृष्ण कटुवाल रहेका छन् । हेटौँडा अस्पताल मात्र होइन अन्य अस्पतालमा उपचाररत बिरामीलाई पनि सहयोग गरिने कोभिड हेल्प डेस्कका सचिवालय सदस्य तथा नारायणी सङ्घ हेटौँडाका महासचिव सरोज खनालले जानकारी दिनुभयो ।

मेसुमा डा सापकोटा नियुक्त

वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालको निमित्त मेडिकल सुपरीटेण्डेन (मेसु)मा डा रामचन्द्र सापकोटा नियुक्त हुनुभएको छ ।

प्रदेश सरकार अन्तर्गतको उक्त अस्पतालमा वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट हेटौँडा अस्पतालको निमित्त प्रमुखमा डा सापकोटालाई नियुक्त गरिएको हो । डा सापकोटा वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन हुनुहुन्छ । उहाँ साढे तीन वर्षदेखि हेटौँडा अस्पतालमा कार्यरत हुनुहुन्छ ।

Comment