Tuesday, June 22

काठमाडौको घट्यो यो डरलाग्दो घटना, साबधान रहनुहोला

May 25, 2021 325

Sapana Sanjal : काठमाडौ ।

सोमबार दिउँसोबाट वनमन्त्री प्रेम आलेको तस्बिरहरु सामाजिक सञ्जालमा निकै भाइरल भएका छन् । निलो रंगका अक्सिजन सिलिण्डरमा मन्त्री आलेका तस्बिर टाँसिएका छन् । सामाजिक सञ्जालमा चीनवाट अनुदानमा ल्याइएका अक्सिजन सिलिन्डरमा वन तथा वातावरण मन्त्री प्रेम आलेको तस्बिर टाँसेको भनेर भाइरल बनाइयो ।

उनको तस्बिर राखेर सामाजिक सञ्जालमा आलोचना पनि भयो । तर वास्तविकता नबुझि आफ्नो आलोचना भएको भन्दै मन्त्री आलेले दुख ब्यक्त गरेका छन् । उनले ब्यक्तिगत लगानीमा आफुले किनेका सिलिण्डर हस्तान्तरण गरेको बताएका छन् ।

मन्त्री आलेले व्यक्तिगत खर्चमा सिलिन्डर खरिद गरेर कैलाली र डोटीमा वितरण गरेको सचिवालयले जनाएको छ । मन्त्री आलेले सोमबार डोटी अस्पतालको लागि ७५ सिलिन्डर अक्सिजन हस्तान्तरण गरेका थिए ।

तीमध्ये १५ सिलिन्डर अक्सिजन स्वास्थ्य सेवा विभागले दिएको र अन्य आफैले व्यक्तिगत खर्चमा किनेको उनका प्रेस सल्लाहकार विमल विष्टले बताएका छन् । डोटीमा मात्रै मन्त्री आलेले आफ्नो व्यक्तिगत खर्चमा ६० सिलिन्डर अक्सिजन , ४ वटा अक्सिजन कन्टेनर र १ लाख ५० हजार सर्जिकल मास्क वितरण गरेका थिए।

मंगलबार सेती प्रादेशिक अस्पताल धनगढीलाई पनि मन्त्री आलेले ५० सिलिन्डर अक्सिजन दिएको विष्टले बताए । उनले वास्तविकता नबुझि सामाजिक सञ्जालमा विरोध गरिएको भन्दै दुख ब्यक्त गरेका छन् । मन्त्री आलेले व्यक्तिगत लगानीमा ११० सिलिन्डर अक्सिजन वितरण गरेको बताइएको छ ।

कांग्रेस,माओवादी र एमालेको माधव नेपाल पक्षका कार्यकर्ताले सामाजिक सन्जालमा अनुदानको सिलिण्डरमा मन्त्रीको फोटो टाँसेको भनेर प्रचार गरे पनि वास्ताविकता त्यस्तो नरहेको सचिवालयको भनाइ छ ।

एमाले कार्यकर्ताले मन्त्रीको निजी खर्चमा किनिएका सिलिण्डर लगायत स्वास्थ्य सामाग्रीमा मन्त्रीको स्टिकर टाँसेको बताइएको छ ।

Comment