Friday, September 17

सरकारी गाडी लिएर दिउसै होटलको कोठामा पुगेका गाउँपालिका अध्यक्ष महिलासहित निर्वस्त्र फेला परे

April 23, 2021 199

Sapana Sanjal : काठमाडौ । गाउँ पालिकाका अ,ध्यक्ष दिउसै सरकारी गाडी लिएर होटलमा आएर शंकास्पद ब्यवहार देखाएपछि कसैले प्रहरीमा खबर गरिदिए । प्रहरी आएर होटलको कोठामा हेर्दा उनी एक महिलासंग निवस्त्र फेला परे । सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका अ,ध्यक्ष महेन्द्र यादव एक महिलासंग होटलको कोठामा निर्वस्त्र फेला परेका हुन् ।

बुधबार धरानस्थित डुकु होटलमा उनी सरकारी गाडी लिएर कोठामा पुगेका थिए । उनले एक जना महिलालाई जागिर लगाइदिने प्रलोभन दिएर होटलको कोठामा लगेका थिए । सरकारी गाडी लिएर महिला सहित होटलको कोठामा पुगेपछि उनका बारेमा कसैले प्रहरीलाई खबर गरिदिएको थियो । उनी होटलबाट महिलासहित पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ ।

सुनसरीका प्रहरी प्रमुख कमल थापाका अनुसार उनी एक महिलासँग निवस्त्र रूपमा पक्राउ परेका हुन । उनले एक इनरुवाकै महिलालाई जागिर लगाइ दिने प्रलोभनमा होटलको कोठामा लगेका थिए । कोठामा महिलाको इच्छा विपरितको ब्यवहार गरेको आरोप उनीमाथि लागेको छ । अ,ध्यक्ष दिउँसो नै सरकारी गाडीमा होटल आएको स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिहेको छ

Comment